मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा महावीर पुनलाई अपार माया, तेश्रो दिन आज पनि यतै

कपिलवस्तुमा महावीर पुनलाई अपार माया, तेश्रो दिन आज पनि यतै

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा अभियान्ता महावीर पुन किताब बेच्ने यात्राको ९० औँ दिनमा शुक्रबार कपिलवस्तु आए । मात्र १ दिनको लागि उनी आएकोमा आज तेश्रो दिन पनि कपिलवस्तुमै रहेका छन् । कपिलवस्तुका बिभिन्न स्थानमा किताब बेच्ने अभियानले माया पाएपछि उनी आज आइतबार पनि यतै रहने भएका हुन् । विहान सिद्धार्थ क्याम्पसमा कार्यक्रम आयोजना गरिएको छ ।

त्यसपछि नगरपालिका, कपिलवस्तु उद्योग बाणिज्य संघ र पिपरामा कार्यक्रम तय भएको उनले अपिटाइम्सलाई बताए । पुनले कपिलवस्तुबासीमा पुस्तकप्रतिको माया रहेको पाएको बताए । सन्तोष गैरे, चन्द्रकान्त न्यौपाने, रविन्द्र पौडेल लगायतले बिभिन्न स्थानमा कार्यक्रमको संयोजन गरिरहेका छन् ।

हिजो विहानदेखि साँझसम्म बाणगंगामा रहेका उनले आइतबार विहानदेखि पनि बाणगंगामै किताब बेच्दै छन् । हिजो तौलिहवा पुग्ने जनाएका उनले आज साँझ मात्र तौलिहवा पुग्ने बताएका छन् । साँझसम्म तौलिहवा पुग्ने उनले बताए । आज उनको ९१ औँ दिन हो ।
कपिलवस्तु अघि पुन मुलुकका २७ जिल्ला पुगिसकेका छन् । यसपछि उनी पूर्वतर्फ जाने उनले अपिटाइम्सलाई बताए ।

अहिलेको पुस्तामा पठन संस्कृति हराइरहेको भन्दै किताबले मुलुकमै केहि गर्ने सोँच निर्माण गर्न प्रेरित गर्ने बताउँदै पुस्तक किन्दा भएको खर्चले मुलुक निर्माण हुने बताए ।

मुलुकभरका १ प्रतिशत नागरिकसमक्ष पुस्तक पुर्याउने गरी आफू लागेको उनले बताए । मुलुकका १ प्रतिशत नेपालीले किताब किन्दा पनि ३ लाख नेपालीले किताब किनेर राष्ट्र निर्माणमा सहयोग हुने उनको विश्वास छ । पुस्तक बेचेर प्राप्त भएको आम्दानी वीरगंज कृषि औजार कारखानाको विकासको लागि खर्च गरिने पुनले बताए ।

कपिलवस्तु आफ्नो ठाउँ नौलो रहेकाले सहयोग गर्न पुनको सबैमा आग्रह छ । पुन माघ महिनाबाट किताब बेच्ने यात्रामा निस्किएका हुन् । महावीर पुनले विश्वप्रसिद्ध म्यागासेसे लगायतका धेरै पुरस्कारहरु पाइसकेका छन् ।