मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगाको एक जंगलमा महिला र पुरुष मृत फेला, इच्छा मृत्युको आसंका

बाणगंगाको एक जंगलमा महिला र पुरुष मृत फेला, इच्छा मृत्युको आसंका

अपि टाइम्स

बाणगङ्गा । कपिलवस्तुको बाणगङ्गा नगरपालिका २ कप्टैयास्थित जङ्गलमा २ जना मृत अवस्थामा फेला परेका छन् । शनिबार साँझ करिब ५ बजे लालमटिया सामुदायिक वनमा एक महिला र एक पुरुषको शव मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझीले जानकारी दिए ।

मृतक पुरुष कप्टैयाकै स्थानीय ५० वर्षीय विष्णु प्रसाद घिमिरे र मृतक महिला कञ्चन गाउँपालिका ५ निवासी ४५ वर्षीया यमकला राना भएको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको शव नजिकै शंकास्पद विषादी फेला परेकोले आत्महत्या अर्थात् इच्छाले मृत्यु भएको हुन सक्ने बताइएको छ ।

उनीहरूले उक्त विषादी सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ । शवलाई पोस्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।