मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजेन्द्र लिङ्देनले भने ‘सरकारले तोकेका निषेधित क्षेत्र तोड्छौँ’

राजेन्द्र लिङ्देनले भने ‘सरकारले तोकेका निषेधित क्षेत्र तोड्छौँ’

अपि टाइम्स

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले तोकेका निषेधित क्षेत्र तोड्ने बताएका छन् । यही चैत्र २७ गते पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेकाले सरकारलाई अंकुश नलगाउने उनले आग्रह गरे ।
उनले भने ‘सरकारले जुलुसलाई अवरोध गर्ने काम नगरोस्,’ ‘प्रधानमन्त्री र गृहमन्त्रीलाई के भन्न चाहन्छु भने निषेधित क्षेत्र घोषणा गरेका छन्। भिक्षुमाथि लात्ती हान्ने काम भएको छ, म निन्दा गर्दछु।’

उनले निषेधित क्षेत्रका नाममा प्रदर्शन गर्न सरकारले रोके तोडेर अघि बढ्ने बताए।बिहान ११ बजे भृकुटीमण्डबाट प्रदर्शन सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने उनले बताए ।

उनले संविधानले दिएको प्रजातान्त्रिक क्रियाकलाप अन्तर्गत विरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेकोमा पनि चिन्ता व्यक्त गरेका थिए।

अध्यक्ष लिङदेनले राप्रपा समान विचार राख्ने पार्टी र व्यक्तिहरुलाई एकताबद्ध भई आन्दोलनमा होमिन आग्रह गरेका थिए। उनले अहिलेको व्यवस्था जति राख्यो त्यति देशलाई क्षति हुने दाबी गरेका थिए।

‘राजादेखि माओवादीसम्म अटाउने नवीन सहमति गरौं,’ लिङ्देनले भने, ‘त्यसका लागि दवाव सिर्जना गर्न आन्दोलन गरिएको हो।’