मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्भपतन र बलात्कार आरोपमा महेश बस्नेतविरूद्ध प्रहरीमा जाहेरी

गर्भपतन र बलात्कार आरोपमा महेश बस्नेतविरूद्ध प्रहरीमा जाहेरी

अपि टाइम्स

काठमाडौँ । एमाले नेता महेश बस्नेतले आफूलाई बलात्कार गरेको र जबरजस्ती गर्भपत गराइदिएको भन्दै एक महिलाले प्रहरीमा जाहेरी दिएकी छन्।

प्रहरीले भने जाहेरीका बारेमा नै बुझ्ने काम गरिरहेको बताएको छ।

जाहेरी आएको पुष्टी गर्दै काठमाडौं प्रहरी परिसर प्रमुख भुपेन्द्र खत्रीले जाहेरीमाथि नै अनुसन्धान भइरहेको बताए।

‘जाहेरी हुलाकबाट आएको थियो। जिल्ला सरकारी वकिल कार्यालयबाट पनि आएको छ। हामीले मुलुकी फौजदारी संहिताअनुसार जाहेरी दर्ता गरेपनि उहाँले राखेका मागबारे अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अब एक दुई दिनमा कसरी अघि बढ्ने भन्ने टुंगो हुन्छ।’

उनले पक्राउ पूर्जीका लागि अनुमति लिन अदालत नगएको बताए।

यत्तिका प्रमाणसहित यस्तै जाहेरी लिएर सामान्य व्यक्तिविरूद्ध कोही आएको भए प्रहरीले के गर्थ्यो ? कति दिनसम्म बुझ्थ्यो ? भन्ने प्रश्नमा खत्रीले भने हामीले ठूलो सानो सबैलाई बराबर गर्छौं। रूल अफ लमा सबैलाई बराबर हुन्छ।

उक्त उजुरीमाथि छानविन गर्न भन्दै आफूहरूले केही समयअघि काठमाडौं प्रहरी परिसरमा पठाएको सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।

बस्नेत र आफ्नो १० वर्षदेखि प्रेम सम्बन्ध रहेको तर पछिल्लो समय बस्नेतले आफूलाई झुक्याएर गलत औषधि खान दिई गर्भपतन गराइदिएको, बिरामी अवस्थामा बलात्कार गरेको पीडित महिलाको दाबी छ।

मंसिरमा भारतको तुलसी हेल्थकेयर अस्पताल र फागुन ७ गते आफूबस्ने काठमाडौंस्थित अपार्टमेन्टमा महेशले जबरजस्ती करणी गरेको पिडितको दाबी छ।