मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीका २२ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (नामसहित)

प्रहरीका २२ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (नामसहित)

अपि टाइम्स

काठमाडौँ । नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक ९एसपी०मा बढुवा सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समिति बैठकले राति अबेर सिफारिस सुची प्रकाशन गरेको हो ।

डिएसपी गौतम कुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । एसपीमा बढुवा सिफारिस हुनेहरूमा वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, र गोविन्दराज काफ्ले लगायत छन् ।

बढुवा समितिको निर्णयविरुद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिन्छ । उजुरी नपरेमा गृहमन्त्रीले सो सिफारिसलाई बढुवा नियुक्ति निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ ।