मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको बलिङ कोचमा नियुक्त भए वेष्ट इण्डिजका रोडी

नेपालको बलिङ कोचमा नियुक्त भए वेष्ट इण्डिजका रोडी

अपि टाइम्स

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रोडी इस्टविक नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार उनलाई प्रशिक्षक नियुक्त गरेको हो।

आइसिसी टी(२० विश्वकप अघि उनलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको हो।

वेस्ट इन्डिजका उनीसँग क्षेत्रीय टिमसँग काम गरेको अनुभव छ।

नेपाली क्रिकेट टिम भारतमा तयारी गरेपछि ओमान जाने कार्यक्रम छ।

ओमानमा नेपालले एसिसी प्रिमियर कप खेल्दैछ। त्यसपछि नेपाल विश्वकप खेल्न अमेरिका जाने कार्यक्रम छ।

विश्वकप जेठ दोस्रो सातादेखि हुँदैछ। नेपालले १० वर्षपछि विश्वकप खेल्न लागेको हो।