मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिभरपुल र युनाइटेडको बराबरीले आर्सनललाई राहत

लिभरपुल र युनाइटेडको बराबरीले आर्सनललाई राहत

अपि टाइम्स

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको निकै रोमान्चक खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेपछि लिगको उपाधि होड अझ रोमान्चक बनेको छ ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा लिभरपुल र युनाइटेडले २(२ को बराबरीमा खेलेपछि उपाधि होड अझ रोमाञ्चक बनेको हो ।

खेलको २३ औं मिनेटमा लुइस डियाजले लिभरपुललाई अग्रता दिलाएका थिए । कर्नरमा डार्विन न्युनेजले दिएको फ्लिक हेडरलाई डियाजले ६ यार्ड बक्स भित्रबाट गोल गरेका थिए ।

दोस्रो हाफको ५० औं मिनेटमा युनाइटेडका लागि ब्रुनो फर्नान्डेसले बराबरी गोल फर्काए । ६७ औं मिनेटमा कोबी माइनुले घरेलु टोलीलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्रबाट उनले सानदार गोल गर्दै युनाइटेडलाई २(१ को अग्रतामा लगे । तर ८४ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा बराबरी गोल गरे ।

बराबरीले लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लन स्क्केन । लिभरपुलको ३१ खेलमा ७१ अंक छ । भने ३१ खेलबाट ७१ अंक रहेको आर्सनल गोल अन्तरको आधारमा पहिलो स्थानमा छ । ३१ खेलबाटै ७० अंक ल्याएको म्यान्चेस्टर सिटि तेश्रो स्थानमा छ । युनाइटेड ३१ खेलमा ४९ अंकसहित छैटौं स्थानमा रहेको छ ।