मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी सरकारको प्रवक्तामा विना विभागीय मन्त्री पुन

लुम्बिनी सरकारको प्रवक्तामा विना विभागीय मन्त्री पुन

अपि टाइम्स

देउखुरी । लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दीपेन्द्रकुमार पुन मगरलाई दिइएको छ । विना विभागीय मन्त्रीको रुपमा नियुक्त हुनुभएका मन्त्री पुनले सरकारको प्रवक्ताको जिम्मेवारी पाउनुभएको हो । नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षमा बसेको पहिलो बैठकले पुनलाई जिम्मेवारी दिएको हो ।

प्रवक्ता पुन रोल्पा रोल्पा १ ९२० बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्वाचित सांसद हुनुहुन्छ । २०७९ को चुनावमा पार्टीले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका पुन प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि माओवादीमै प्रवेश गर्नुभएको हो । पुनले कांग्रेस–माओवादीसहितको गठबन्धनका उम्मेदवार कांग्रेस लुम्बिनी प्रदेश सभापति समेत रहनु भएका अमरसिंह पुनलाई पराजित गर्नुभएको थियो । कांग्रेस–माओवादीसहितको गठबन्धनको अघिल्लो सरकारमा पुनलाई माओवादीले मन्त्रीको जिम्मेवारी दिन खोजे पनि नेपाली कांग्रेसका कारण उहाँ मन्त्री बन्न पाउनुभएको थिएन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले बुटवलमा शपथ लिएर देउखुरी पुगी जिम्मेवारी सम्हालेपछिको पहिलो बैठकले पुनलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको थियो । यस्तै, मन्त्रिपरिषद्को बैठकले दाङको राप्ती गाउँपालिका–१ भालुवाङमा प्रस्तावित १५ बेडको अस्पताललाई विशेषज्ञ चिकित्सकसहितको अस्पतालका रूपमा विकास गर्ने भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले पूर्वसहमति दिएको र सोही आधारमा प्रदेश सरकारले स्वीकृत दिने निर्णय गरेको हो । सत्ता गठबन्धनबिच समझदारीमा पहिलो चरणमा एमालेबाट चेतनारायण आचार्य, माओवादीका पुन र जसपाका भण्डारीलाल अहिर विनाविभागीय मन्त्री बन्नुभएको छ ।