मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगाको कोठी महिला वनमा आगोलागि, रुखको टुप्पोमा मात्रै कसरी पुग्यो ?

बाणगंगाको कोठी महिला वनमा आगोलागि, रुखको टुप्पोमा मात्रै कसरी पुग्यो ?

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिकाको एक बनमा आगोलागि भएको छ । वडा नम्बर २ पिपरास्थित कोठी महिला सामुदायिक बनमा आइतबार साँझ आगोलागी भएको हो ।

पूर्वपश्चिम लोकमार्गको ठ्याक्कै पारिपट्टी जंगलका बिभिन्न ठाउँमा एक्कासी आगोलागि भएपछि त्रास सिर्जना गरेको थियो तर घटना थाहा पाएलगत्तै वडा अध्यक्ष विष्णु पौडेल, बन समितिका ब्यक्ति, प्रहरी र स्थानीय पुगेपछि ठुलो क्षति टरेको छ ।

बाटो पारी बाँसको घारीमा आगो सल्किएपछि नजिकै रहेका बिजुलीका तार जल्नबाट जोगिएका छन् । यदि समयमै त्यहाँ आगो निभाउन प्रयास नभएको भए बिजुली सर्ट भएर ठुलो क्षति हुने सम्भावना थियो । घटनापछि बाँसको घारीमा दन्किएको आगो स्थानीयले ड्रममा पानी लगेर निभाएका थिए । त्यसपछि क्षति टरेको हो ।

तर बनका बिभिन्न ठाउँमा आगो लागिरहेको छ । कुनै रुखको टुप्पोमा मात्र आगो लागेको देखिन्छ भने कतिपय स्थानमा छुट्टा छुट्टै आगो लागेको देखिन्छ । आगोलागिको यस्तो रुप देखेपछि घटनास्थलमा रहेका वडा अध्यक्ष पोडेलले प्रायोजित रुपमा कुनै समुहले आगो लगाएको हुन सक्ने अनुमान गरे । उक्त रुखको टुप्पोबाट ज्वालामुखी झैँ आगोका लिप्का खसेका देखिन्थे । रुखको फदी र बीचमा आगो थिएन तर टुप्पो भने दन्किरहेको थियो । फेदीमा टुप्पोबाट झरेका लिप्का देखिन्थे ।

यस्तो देखेपछि वडा अध्यक्ष पौडेलले भने ‘आगो एकैनासले लागेको छैन, छुट्टाछुटुटै रुखमा आगो लागेको छ । एउटा रुखको आगोमा मात्रै आगो छ । फेदमा पनि छैन, यस्तो कसरी भयो ? आगोको यस्तो रुप स्वभाविक नभएको भन्दै कसैले जानीजानी लगाएको हो कि भन्न सकिन्छ ।’


अन्य स्थानको आगो स्थानीयले नियन्त्रण गरेपछि सालको रुखको टुप्पोको आगो नगरपालिकाको दमकल पुगेपछि मात्र नियन्त्रणमा आएको थियो । हावा नलागेकाले ठुलो क्षति हुनबाट जोगिएको वडा अध्यक्ष पौडेलले बताए ।यसअघि महिला कोठी सामुदायिक बन हुनुपर्नमा अन्यथा भएकोमा सच्याएका छौँ । भुलवस नाम फरक पर्न गएकोमा क्षमा प्रार्थी छौँ ।