मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएलः चेन्नईसंग हार्यो कोलकत्ता, आज पञ्जाब र हैदराबाद भीँड्दै

आईपीएलः चेन्नईसंग हार्यो कोलकत्ता, आज पञ्जाब र हैदराबाद भीँड्दै

अपि टाइम्स

तस्वीरः सामाजिक सञ्जाल
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ । गएराति भएको खेलमा कोलकात्ताले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

चेन्नईका कप्तान रुतुराज गायकवाडले अविजित ६७ रन बनाए । कोलकत्ता वैभव अरोराले २ तथा सुनिल नरिनले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । कोलकत्ताका श्रेयस ऐयरले सर्वाधिक ३४ रन बनाए । चेन्नईका तुशार देशपाण्डे र रवीन्द्र जडेजाले समान ३–३ विकेट लिए ।

जितसँगै चेन्नईको ५ खेलमा ६ अङ्क भएको छ । चेन्नई तालिकाको चौँथो स्थानमा छ । चौँथो खेलमा पहिलो हार बेहोरेको कोलकत्ता ६ अङ्कका साथ दोस्रो स्थानमा छ । आईपीएल क्रिकेटमा आज पञ्जाब किंग्स र सनराईजर्स हैदराबाद खेल्दैछन् ।

खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।