मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपाको प्रदर्शनमा १८ जना घाइते, ३ पक्राउ

राप्रपाको प्रदर्शनमा १८ जना घाइते, ३ पक्राउ

अपि टाइम्स

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार गरेको राजधानी केन्द्रीत प्रदर्शनमा १८ जना घाइते भएका छन् ।

निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा १८ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबैको अवस्था भने सामान्य रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

त्यसैगरी ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई अभद्र व्यवहार कसूरको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा प्रदर्शन भएको थियो । सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित प्रदर्शन गरिएको राप्रपाको भनाइ छ ।

काठमाडौंमा ६ हजार सुरक्षाकर्मी परिचालन गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो । त्यसैगरी सादा पोशाकका प्रहरीदेखि सशस्त्र प्रहरी बललाई परिचालन गरिएको थियो ।