मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हैदराबादसंग पञ्जाब २ रनले पराजित

हैदराबादसंग पञ्जाब २ रनले पराजित

अपि टाइम्स

काठमाडौँ। इन्डिय प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्समाथि सनराइजर्स हैदराबादले रोमाञ्चक जित हासिल गरेको छ।

मंगलबार राति सम्पन्न खेलमा हैदराबाद २ रनले विजयी भएको हो। हैदराबादले दिएको १८३ रनको लक्ष्यको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्रै बनाउन सक्यो।

पञ्जाबका शंशाक सिंहले अविजित रहँदै सर्वाधिक ४६ रन बनाए। सैम करन २९, सिकन्दर राजा २८, जितेश शर्मा १९ र शिखर धावन १४ रनमा आउट हुँदा आतुशोष शर्मा ३३ रनमा अविजित रहे।

हैदराबादका धुवनेश्वर कुमारले २ विकेट लिँदा पैट कमिन्स, थंगारसु नटराजन, नितिशकुमार रेड्डी रजदेव उनादकटको नाममा १र१ विकेट रह्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८२ रन बनाएको थियो।

हैदराबादका नितिशकुमार रेड्डीले सर्वाधिक ६४ रन बनाए। अब्दुल समद २५, ट्राभिस हेड २१ र अभिषेक शर्माले १६ रन बनाए। हैदराबादका अन्य कुनै ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक ४ विकेट लिँदा सैम करन र हर्षल पटेलको नाममा २र२ विकेट रह्यो। कगिसो रबाडाले १ विकेट लिए।

हैदराबादको यो तेस्रो जित हो। ५ खेल खेलेको हैदराबाद ६ अंकसहित पाँचौँ स्थानमा छ। समान खेल खेलेको पञ्जाब ४ अंकसहित छैटौँ स्थानमा छर