मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

च्याम्पियन्स लिगः रियल र सिटीको खेलमा ३-३ को बराबरी

च्याम्पियन्स लिगः रियल र सिटीको खेलमा ३-३ को बराबरी

अपि टाइम्स

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा दुई दावेदार रियल म्याड्रिड र म्यानचेस्टर सिटीले रोमाञ्चक बराबरी खेलेका छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेल ३(३ को बराबरीमा सकिएको हो ।

खेल उत्कृष्ट गोलहरुले भरिपूर्ण रहेको थियो । पहिलो मिनेट देखि अन्तिम मिनेटसम्म खेल प्रतिस्पर्धात्मक रह्यो ।

खेलको दोस्रो मिनेटमा नै बर्नार्डो सिल्भाले सिटीलाई खेलमा अग्रता दिलाए । उनले रियलका गोलकिपर लुनिनलाई चकित पार्दै लिएको। फ्रिकिक गोलमा परिणत भएको थियो ।

१२औं मिनेटमा रियलले खेलमा बराबरी गोल गर्यो । एडुवार्डो कामाभिंगाले बक्स बाहिरबाट गरेको प्रहार सिटी डिफेन्डर रुबेन डियासबाट डिफ्लेक्ट भएर सिटी गोलरक्षक ओर्टेगालाई कुनै मौका दिएको थिएन ।

१४औं मिनेटमा रियलले अग्रता लियो । भिनीसियस जूनियरको थ्रु(पासमा रोड्रीगोले वान अन वान अवसरमा गोल गर्दै रियललाई अग्रता दिलाए ।

खेलको चौथो गोलको लागि दोस्रो हाफ कुर्नु परेको थियो । ६६औं मिनेटमा फिल फोडेनले पुनः बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै सिटीलाई खेलमा फर्काए ।

त्यसको पाँच मिनेट पछि सिटीले पुनः उत्कृष्ट गोल मार्फत खेलमा अग्रता लियो । यसपटक गोल गर्ने खेलाडी डिफेन्डर जोस्को गवार्डीओल थिए । उनले आफ्नो कमजोर दायाँ खुट्टाले गरेको प्रहारले जालि चुमेको थियो ।

तर सिटीको अग्रता फेरी पनि धेरै बेर टिक्न सकेन । ७९औं मिनेटमा भिनिसियस कै क्रसमा बक्स भित्रबाट सानदार भली फिनिश गर्दै फेडेरिको भालभर्डेले गोल गरेर खेल ३-३ को स्थितिमा ल्याए ।

यस क्वाटरफाइनल टाईको दोस्रो लेग आठ दिन पछि सिटीको घरेलु मैदानमा हुनेछ । अर्को क्वाटरफाइनल खेलको पहिलो लेगमा आर्सनल र बायर्न म्युनिखले पनि २-२ को बराबरी खेलेका छन् ।