मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टि२० विश्वकप क्रिकेटको जर्सीको प्रि अर्डर खुला

टि२० विश्वकप क्रिकेटको जर्सीको प्रि अर्डर खुला

अपि टाइम्स

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टि२० विश्वकपमा प्रयोग गर्ने जर्सी किट निर्माण गर्ने कम्पनी केल्मीले आम समर्थकका लागि प्रि अर्डर खुला गरेको छ ।

केल्मीले ३६ सय रुपैयाँ पर्ने जर्सी प्रि(अर्डरको विशेष अफरमा २५ सय रुपैयाँमा बुकिङ खुल्ला गरेको हो । केल्मीले आफ्नो विश्वकप विशेष वेबसाइटबाट जर्सी प्रि(अर्डर सुरु गरेको छ । अग्रिम बुकिङ गरिएको जर्सीको अनुमानित डेलिभरी मिति वैशाख २८, २०८१ राखिएको छ ।

नेपाल क्रिकेट संघ ९क्यान० ले सोमबार विश्वकप खेल्ने जर्सी सार्वजनिक गरेको थियो । विश्वकपका लागि निर्माण गरिएको विशेष जर्सीमा रातो र नीलोको जीवन्त राष्ट्रिय रंगहरू समावेश छन् । केल्मीका अनुसार पहेंलो रंगले पछिल्लो समय विश्व क्रिकेटमा नेपालको योद्धाको पहिचान झल्काउँछ । डिजाइनमा प्रतिष्ठित नेपालको राष्ट्रिय झण्डासँगै गैंडा र सगरमाथा पनि अंकित छ ।

केल्मीले राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी उच्च गुणस्तरीय सामग्रीबाट बनाइएको छ र मैदान भित्र र बाहिर आरामसँगै उच्च प्रदर्शन गर्न सहयोगी रहेको बताएको छ । केल्मी पछिल्लो ३ वर्षयता राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक किट प्रदायक रहेको र क्यानसँग सम्झौतामा हस्ताक्षर गरेको हुनाले राष्ट्रिय क्रिकेट टोलीलाई प्रत्यक्ष रूपमा समर्थन गर्ने केल्मीले जनाएको छ ।