मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा ब्रिज कोर्षका गुरु बञ्जाडे, एसईई विद्यार्थीलाई यस्तो छ सुझाव

कपिलवस्तुमा ब्रिज कोर्षका गुरु बञ्जाडे, एसईई विद्यार्थीलाई यस्तो छ सुझाव

अपि टाइम्स

काठमाण्डौँ । आजभन्दा १० बर्ष पहिले ब्रिज कोर्ष अध्ययन गर्न बुटवल या काठमाण्डौँ धाउनुको विकल्प थिएन कपिलवस्तुबासीलाई । ब्रिज कोर्ष नपढी नहुने एउटा बाध्यता, ब्रिजकोर्षकै लागि बुटवल,काठमाडौँ भाडा लिएर बस्नु पर्ने, ट्राभलको थकानजस्ता अरु बाध्यता । बाहिर जाँदा आफ्ना छोराछोरी असंगतमा लाग्छन् कि भन्ने अभिभावकको अर्को चिन्ता ।

यस्ता विविध समस्या भोगिरहेका यहाँका विद्यार्थी, शिक्षक र अभिभावकले उपयुक्त विकल्प खोजिरहेका थिए । यहि अवस्थामा ब्रिज कोर्षको सुरुवात गर्न बाणगंगाा निवासी माधव बञ्जाडे कस्सिए र वि सं २०७० सालमा बाणगंगाको केन्द्र चार नम्बरमा खोले ‘माउण्ट एभरेष्ट एजुकेश्नल जोन’ ।

नभन्दै उनको संस्थाले सुरुदेखि नै विद्यार्थीको मन जित्यो । आफैमा दक्ष भएको हुनाले उनले हरेक विषय सजिलै अध्यापन गराउन सक्थे । विज्ञान र गणितमा अब्बल बञ्जाडेले बुटवल लगायतबाट पनि प्रशिक्षक झिकाउदै ब्रिजकोर्ष अध्यापन गराए ।

त्यसपछि उनको माउण्ट एभरेष्ट एजुकेश्नल जोन यस क्षेत्रमै ब्राण्ड बन्यो । हरेक उत्कृष्ट विद्यार्थीको रोजाई बन्यो । माउण्ट एभरेष्टपछि अहिले धेरै संघसंस्था खुलेका छन् । ती सबैले बञ्जाडेबाट प्रेरणा पाएका हुन् भन्दा अत्यूक्ति हुँदैन । ब्रिज कोर्षबाट सुरु भएको संस्थामा अहिले लोक सेवा, शिक्षक सेवा, बिभिन्न भाषा कक्षा, (जापनिज, कोरियन, आइएलटिएस, पिटिई) लगायतको अध्ययन /अध्यापन हुन्छ ।

आफ्नो स्नतकोत्तर तह उत्तीर्ण गर्न भनेर काठमाण्डौँ बसाई हुँदा बञ्जाडेको संस्था कोरोना कालवरिपरी अलिक सुस्ताएको थियो भने अहिले फेरि पुरानै गतिमा फर्किएको छ ।

माउण्ट एभरेष्टका प्रमुख बञ्जाडेले अब एसईई विद्यार्थीलाई केन्द्रित गरी ब्रिज कोर्ष पनि संचालन गर्दैछन् । धेरै संस्थाले भड्किलो विज्ञापन गरेर विद्यार्थीलाई झुक्याउन सक्ने भन्दै सचेत रहन उनले आग्रह गरे ।

कुनै पनि संस्थाको घर, भवन कस्तो छ भन्दा पनि त्यहाँको संचालकको क्वालिटी कस्तो छ ? पढाई कस्तो हुन्छ भन्ने कुराको मसिनो गरी अध्ययन गरेर मात्र ब्रिज कोर्षमा जोडिन उनको आग्रह छ ।

विगतमा आफुले पढाएका विद्यार्थीले काठमाण्डौका नाम चलेका कलेजमा नाम निकाल्नु, छात्रवृत्ति पाउनु, सरकारी जागिर खानु तथा बिभिन्न क्षेत्रमा सफल हुनु नै आफ्नो परिचय भएको बञ्जाडे बताउँछन् ।

आफू कहाँ आउनैपर्छ, म नै एक नम्बर हुँ भन्ने खालको घमण्ड आफूमा नभएको भन्दै पढ्न आउने विद्यार्थीलाई सस्तो दरमा उत्कृष्ट शिक्षा दिने उनले दावी गरे । उत्कृष्ट र जेहेन्दार विद्यार्थीलाई बिभिन्न छात्रवृत्ति प्रदान गर्ने बताउँदै बञ्जाडेले विद्यार्थीको करिअर निर्माणमा माउण्ट एभरेष्टले भर्याङको काम गर्ने बताए ।

अहिले पनि यस क्षेत्र तथा बाहिरका दक्ष प्रशिक्षकबाट चार नम्बरस्थित माउण्ट एभरेष्टमा ब्रिज कोर्ष तयारी कक्षा सुरु भइसकेको उनको भनाई छ । बिभिन्न जेहेन्दार विद्यार्थीलाई बिभिन्न छुटसहित कक्षा संचालन गरिएकाले चाँडै सम्पर्कमा आउन उनको आग्रह छ ।

ब्रिज कोर्षको नाममा धेरै संस्थाले शुल्क असुल्ने मात्र काम गरिरहेकोले यस्तो विषयमा स्वयम् विद्यार्थी र अभिभावक सचेत रहनुपर्ने उनको सुझाव छ ।