मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक संजालको खबरदारीलाई बल दिने गरी बाणगंगाको नेतृत्वमाथि प्रश्नैप्रश्न !

सामाजिक संजालको खबरदारीलाई बल दिने गरी बाणगंगाको नेतृत्वमाथि प्रश्नैप्रश्न !

अपि टाइम्स

काठमाडौँ । आफ्ना नगरबासीको न्यूनतम समस्या र गुनासामाथि गम्भीर बन्न नसकेको भन्दै कपिलवस्तुको बाणगंगा नगरपालिकाको नेतृत्वमाथि दर्जनौँ प्रश्न सोधिएको छ । नगरमा धेरै समस्या र बेथितिको चाङ लागे पनि यसप्रति नेतृत्व गम्भिर बन्न नसकेको भन्दै जनताले प्रश्न सोधेका हुन् ।

विहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुले पिपरामा नगरको सेवा प्रवाह र विकासको अवस्थाबारे नागरिकको सन्तुष्टि असन्तुष्टि मापन गर्न सार्वजनिक सुनुवाई कार्यक्रम राख्यो । त्यहि कार्यक्रममा सहभागि भएका नगरबासी नेतृत्वले जनतामाथि घात गरेको भन्दै कड्किए । बाणगंगाको बेथितिहरुबारे सामाजिक संजालबाट थाहा पाएका उनीहरुले नगर नेतृत्वको अघि नै बसेर जवाफ माग गरेका थिए ।

जनताका न्यूनतम समस्यामाथि पनि नगरपालिकाले वास्ता नगरेको भन्दै सहभागि कमल परियार, सविता पोख्रेल, उषा अर्याल, हेमन्त पौडेल, सीता लामिछाने लगायत बाटो, ढल निर्माण कार्य गुणस्तरीय नभएको, नदी नालामा अनुगमन नभएको, समयमा कृषकको लागि बिउ, मल नपाएको, विद्युतका तारले सडक छुँदासम्म वास्ता नगरेको, दुधको उचित मूल्य नपाएको, शैक्षिक क्षेत्रलाई प्रविधि मैत्री बनाउन नसकेको, छाडा पशु चौपायाको व्यव्स्थापन नभएको, युवा पुस्तामा मौलाउँदै गएको लागुपदार्थ दुव्र्यसनी नियन्त्रण गर्न नसकेको, खानेपानि फोहोर व्यवस्थापन नभएको, सरकारी अस्पतालको सेवा प्रभावाकारी नभएको, भौगोलिक र जनसख्याको आधारमा बजेट विनियोजन नगरिएको भन्दै कड्किएका थिए ।

जनताका यी गुनासोबाट प्रमाणित हुन्छ कि बाणगंगामा नेतृत्वमाथि थुप्रै समस्या छन, यो नेतृत्वबाट जनता खुसी छैनन् । अहिले बाणगंगाका बेथितिमाथि सामाजिक संजालबाट धेरै खबरदारी भइरहेको छ । जनताले नै मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष, कर्मचारीलाई अघि राखेर समस्या र बेथितिका दर्जनौँ चाङ थोपरेपछि सामाजिक संजालबाट गरिएको खबरदारी ठिक रहेछ भनेर कतिपयले बुझेका छन् । सहभागिको न्यून् सहभागिताले अझ धेरै समस्या नआएको धेरै बताउँछन् ।
प्रश्नहरुलाई सम्बोधन गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले समग्र नगरवासीहरुको समस्यालाई मध्यनजर गर्दै नगरले काम गरेको दावी गर्न भने छाडेनन् । नगरवासी र नगरको विकासको लागि विशेष योजना र कार्यक्रमका प्याकेजका साथमा आफुहरु अगाडी बढिरहेको उनले बताए । अर्यालले नगरमा सिमित स्रोत साधनमा धेरै काम गर्नु पर्ने भएकाले सबैका माग पुरा गर्न नसकेको स्विकार गरे । जनताको गुनासो सुनेपछि प्रमुख प्रसासकिय अधिकृत भक्तिराम मरासिनिले बाणगंगा नगरपालिकाको दोस्रो चौमासिक प्रगति समिक्षाको बारेमा बताएका थिए । नगरमा अहिलेसम्म भौतिक प्रगति ६० प्रतिशत र वित्तिय प्रगती ४५ प्रतिशत भएको भएको बताए ।

नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल र कुषि शाखा प्रमुख लेष बहादुर के.सी. लगायतले बोल्दै आ आफनो क्षेत्रमा आएका गुनासोहरुलई सम्बोधन गर्दै अघि बढेको बताएका थिए ।
कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरी, कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, नगरपालिका कर्मचारी राजनैतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, लगायतको सहभागिता रहेको थियो । जनप्रतिनिधिहरुले नगरमा विकास भएको र धेरै कुरा राम्रो छ भनेर दावी गरे जनता भने नगरसंग सन्तुष्ट नरहेको पाइन्छ ।

सार्वजनिक सुनुवाई जसरी गर्नु पर्ने हो त्यसरी नगरिएको भन्दै कतिपयले प्रश्न उठाएका छन् । कार्यक्रममा भएको सिमित वर्ग र न्यून सहभागिताले कार्यक्रम औपचारिताको लागि गरिएको थियो भन्ने बुझ्न सकिन्छ ।

कार्यक्रमबारे सुचनामार्फत् जानकारी गराइए पनि जनताको उत्साह नदेखिनुले नेतृत्वमाथि जनता सन्तुष्ट छैनन् भन्ने कुराको पुष्टि हुन्छ । यसअघि सिद्धार्थ क्याम्पसमा गरिएको सार्वजनिक सुनुवाइको पनि चर्को आलोचना भएको थियो । यसअघि पनि पत्रकार महासंघको समन्वयमा सिद्धार्थ क्याम्पसमा सार्वजनिक सुनुवाई भएको थियो ।