मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विष्णु पन्थीले कसलाई भनेका हुन् छेकडीलालहरु ?

विष्णु पन्थीले कसलाई भनेका हुन् छेकडीलालहरु ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
काठमाडौँ । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी सामाजिक संजालमा औधि सक्रिय हुनेमध्ये पहिलो नम्बरका सांसदमा पर्दछन् । सामाजिक संजालमा लेखाईकै आधारमा उनी कहिलेकाहिँ थप चर्चा र विवादमा आउने गर्दछन् भने धेरैजसो प्रसंसा नै पाउने गर्दछन् ।

विहिबार रातिको स्टाटसले पन्थीको फेरि एकपटक चर्चा भएको छ । उनले के मनसायले त्यस्तो लेखे थाहा छैन तथापि उनको लेखाइबाट उनी पार्टीका नेताकार्यकर्ताबाट सन्तुष्ट छैनन् र गुटको सिकार भएका हुन् या प्रदेश सरकार गठनतिर पनि इंगित भएका हुन् भनेर बुझ्न सकिन्छ । स्टाटसको कमेन्टसले पनि त्यस्तै खालको सन्देश दिन्छन् ।

उनले लेखेका छन् ‘बाघको छालामा स्यालहरु (छेकडीलालहरुको रजाइँ)’ । यो समाचार तयार पार्दासम्म उक्त स्टाटसमा ११९ जनाले राम्रो नराम्रो र आश्चर्यको रुपमा सांकतिक प्रतिक्रिया छन् भने ४४ जनाको लिखित कमेन्टस नै आएको छ ।

पन्थीले बाघ कसलाई र स्याल कसलाई भन्न खोजेका हुन् थाहा छैन तथापि जिल्लामा पार्टीभित्र रहेको गुटको छनक भने आउँछ ।
यस्तो लेख्नुको पछाडी अर्को अर्थ पनि हुन सक्छ । त्यो भनेको लुम्बिनी प्रदेशमा नयाँ गठबन्धनसंगै सरकार पनि फेरिएको छ । माओवादीका जोग बहादुर महरा मुख्य मन्त्री बनेका छन् । एमालेका एक जना मन्त्रीले पनि सपथ खाइसकेका छन् । पहिले स्वास्थ्य मन्त्री भएर छोटो समयमै बाहिरिन बाध्य भएका पन्थी यसपटक पनि मन्त्री बन्न चाहान्थे तर पार्टीभित्रको एकथरी गुटका कारण त्यो सम्भव नरहने देखेपछि आफू गुटको सिकार भएको अर्थमा पनि पन्थीले त्यस्तो खालको स्टाटस लेखेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

अर्कोतर्फ लुम्बिनी प्रदेशमा मुख्यमन्त्री एमालेले पाउनु पर्ने थियो तर माओवादी केन्द्रको पोल्टामा मुख्यमन्त्री परेपछि र प्रदेशमा पार्टीको दबदबा रहे पनि माओवादी हावी भएपछि उनीहरुलाई स्यालको संज्ञा दिन खाजेका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ । जे होस् जुन आसयले लेखेको भए पनि यसले उनको पार्टीभित्र भने राम्रै खैलाबैला ल्याउने निश्चित छ ।