मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद पन्थीलाई मातृशोक, लक्ष्मणघाटमा अन्त्येष्टि हुने

सांसद पन्थीलाई मातृशोक, लक्ष्मणघाटमा अन्त्येष्टि हुने

अपि टाइम्स

कपिलवस्तु । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी मातृशोकमा परेका छन् । उनकी माता इन्द्रकला पन्थीको शुक्रबार निधन भएपछि सांसद पन्थी मातृशोकमा परेका हुन् ।

८२ बर्षको उमेरमा इन्द्रकला पन्थीको लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको थियो । उहाँ दीर्घरोगी हुनुहुन्थ्यो । पन्थीको आजै बाणगंगास्थित लक्ष्मणघाटमा अन्त्येष्टि हुने बताइएको छ । अहिले बुटवलस्थित घरमा अन्तिम श्रद्धाञ्जलीको लागि शव राखिएको छ । साझ ५ बजेसम्म इन्द्रकलाको शव लक्ष्मणघाट ल्याइने पन्थीको पारिवारिक श्रोतले अपिटाइम्सलाई जानकारी दियो ।