मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पन्थीको त्यो दिनः एकातर्फ मातृशोक, अर्कातर्फ विश्वासको मत दिनैपर्ने बाध्यता !

पन्थीको त्यो दिनः एकातर्फ मातृशोक, अर्कातर्फ विश्वासको मत दिनैपर्ने बाध्यता !

अपि टाइम्स

काठमाडौँ । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीलाई शुक्रबार यस्तो कठिन दिन पर्यो कि एकातर्फ ममतामयी माताको निधन, अर्कोतर्फ मुख्यमन्त्रीलाई विश्वासको मत दिनैपर्ने बाध्यता । निकै चुपेवामा परेका पन्थी अन्ततहः आमाको शवलाई घरमा राखेर देउखुरीमा पुगि मुख्यमन्त्री जोख बहादुर महरालाई विश्वासको मत दिएर फर्किएका छन् ।

माताको निधनले शोकमा डुवेका पन्थी त्यही पीडा बोक्दैबोक्दै अन्ततहः प्रादेशिक राजधानी देउखुरी पुगे अनि महरालाई विश्वासको मत दिए ।
मत दिने बेलामा पनि पन्थी निकै निरास र भावुक देखिएका बताइएको छ । एक मत पनि निर्णयक रहेका कारण पन्थी अनुपस्थित हुन चाहेनन् । हतारहतार पुगेर मत दिएर उनी त्यहि पीडासंगै आफ्नो निवास बुटवल फर्किएको पारिवारिक श्रोतले जानकारी दिएको छ । मुख्यमन्त्री महरालाई पन्थीसहित नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको मत पाएका हुन् ।
नेताहरुको अघि यस्ता धेरै बाध्यात्मक परिस्थिति र अफ्ट्याराहरु सिर्जना हुने भएकाले पन्थीको लागि पनि शुक्रबार निकै कठिन दिन भएको एमालेका कपिलवस्तु अध्यक्ष डम्बर शर्माले अपिटाइम्सलाई बताए । पन्थीकी माताको शुक्रबार नै लुम्बिनी प्रादेशिक अस्पतालमा ८२ बर्षको उमेरमा निधन भएको थियो ।
मुख्यमन्त्रीले राखेको प्रस्तावको विपक्षमा कांग्रेस र जनमत पार्टीको २८ मत परेको छ । शुक्रबारको लुम्बिनी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बसेको थियो भने लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् अनुपस्थित थिए । दुवै पार्टीसँग ३, ३ जना सांसद छन् ।