मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद पन्थीकी माताको अन्त्येष्टिमा उर्लियो जनसागर, मुख्यमन्त्रीसम्म सहभागि

सांसद पन्थीकी माताको अन्त्येष्टिमा उर्लियो जनसागर, मुख्यमन्त्रीसम्म सहभागि

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीकी ममतामयी माताको अन्त्येष्टि गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा ८१ बर्षको उमेरमा शुक्रबार विहान निधन हुन पुगेकी इन्द्रकला पन्थीको शुक्रबार साँझ नै लक्ष्मणघाटमा अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा जनसागर नै उर्लिएको छ ।

निकै सरल र सहयोगी छवि बनाएका पन्थीकी माताको निधनमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न भन्दै सर्वसाधारणदेखि मुखयमन्त्रीसम्म लक्ष्मणघाट पुगेका थिए । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, शुक्रबार नै विश्वासको मत पाएका लुम्बिनी प्रदेश सरकरकारका मुख्यमन्त्री जोख बहादुर महरा, दर्जन संख्यामा साँसद, बिभिन्न पालिकाका मेयर, उपमेयर, अध्यक्षको सहभागिता थियो भने कपिलवस्तु, अर्घाखाँची र रुपन्देहीको बुटवलसम्मका एमालेसहित बिभिन्न दलका नेता, कार्यकर्ता, समाजसेवी, ब्यवसायी, पत्रकार र शुभेच्छुकहरु पनि लक्ष्मणघाट पुगेका थिए ।

साँझ ५ बजेबाट अन्त्येष्टि कर्म सुरु भए पनि राति अँध्यारो हुने बेलासम्म आउजाउ गर्नेको कमी थिएन । मलामी गएका मानिसका सवारीले त्यहाँको खुला चौर र मुलबाटोको दायाबाया भरिभराउ थियो । पन्थी परिवारका माइला सुपुत्र हुन् । जेष्ठ सुपुत्र रहेका पन्थीले नै आमाको पार्थिव शरीरमा दागबत्ती दिएका थिए । पन्थीका भाइ हिमालय पन्थी पनि संगै थिए । पन्थी शुक्रबार मुख्यमन्त्रीलाई विश्वासको मत दिएर दाङबाट बुटवल फर्केपछि शव यात्रा सुरु भएको थियो ।

अन्त्येष्टिको क्रममा नेकपा एमाले बाणगंगा नगरकमिटिले शोक सभा पनि राखेको थियो । शोक सभामा जनता माविका प्राचार्य रमेश पन्थीले इन्द्रकलाको जीवनी पढेर सुनाएका थिए । पन्थी परिवारको शोकमा ढाढस दिन पुगेका सबैलाई पन्थी परिवारले धन्यबाद दिएको छ । भोलि ‘शनिबार’ बाट बुटवलको निवासमा पन्थी आमाको १३ दिने काजकिरियामा सहभागि हुनेछन् ।

इन्द्रकली दीर्घरोगी हुनुहुन्थ्यो । उहाँको लामोसमयदेखि उपार भइरहेको थियो ।