मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसरी सम्भव भयो दिपेन्द्रलाई ६ छक्का प्रहार गर्न सम्भव

यसरी सम्भव भयो दिपेन्द्रलाई ६ छक्का प्रहार गर्न सम्भव

अपि टाइम्स

काठमाडौं । एकै ओभरमा ६ छक्का प्रहार गरेका दिपेन्द्र सिंह ऐरी कतारविरुद्धको खेलको प्लेयर अफ द म्याच बनेका छन् ।

२१ बलमा अविजित ६४ रन बनाएका दिपेन्द्रले यस खेलमा २ विकेट समेत लिएका थिए । दिपेन्द्रले चौथो छक्का प्रहार गरेपछि ६ छक्का हान्न सक्ने अनुमान गरेको बताएका छन् ।

दिपेन्द्रले टिम र प्रशिक्षकले आफुलाई सपोर्ट गरिरहेकै कारणले आफुले राम्रो खेलिरहेको बताएका छन् । दिपेन्द्रले कतारका बलर कमरान खानको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । दिपेन्द्रले यस खेलमा २१ बलमा अविजित ६४ रन बनाएका थिए ।

टी–२० अन्तर्राष्ट्री क्रिकेटमा यस अघि भारतका युवराज सिंहले इङल्याण्डविरुद्ध २००७ मा र वेस्टइण्डिजका केरन पोलार्डले २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।