मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले सचिवालय बैठक आज, यस्ता छन् ३ एजेण्डा ?

एमाले सचिवालय बैठक आज, यस्ता छन् ३ एजेण्डा ?

अपि टाइम्स

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) को सचिवालय बैठक आइतबार बस्दैछ। बैठक दिउँसो एक बजे पार्टी कार्यालयमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनकाअनुसार आज तीन वटा विषयमा छलफल हुनेछ।

एमालेले वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ। ललितपुरको गोदावरीमा बस्ने परिषद् बैठकमा करिब दुई हजार ५०० सहभागी हुनेछन्। बैठकमा ६ वटा दस्तावेज पेश गर्ने तयारी रहेको छ।

आजको सचिवालय बैठक त्यसैको तयारीका लागि रहेको स्थायी कमिटी सदस्यसमेत रहेका प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ।

वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम—२ मा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो।

इलाम—२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। आजको बैठकले उपनिर्वाचनको तयारी लगायतको विषयमा पनि निर्णय गर्ने गौतमले जानकारी दिए।