मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुम्बई चेन्नाईसँग २० रनले पराजित, खेर गयो रोहितको शतक

मुम्बई चेन्नाईसँग २० रनले पराजित, खेर गयो रोहितको शतक

अपि टाइम्स

काठमाडौं ।रोहित शर्माको शतकका बाबजुद चेन्नईसुपर किंग्ससँग मुम्बई इन्डियन्स पराजित भएको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई चेन्नाईसँग २० रनले पराजित भएको हो।

चेन्नाईले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले ६ विकेट गुमाएर १८६ रन मात्रै बनाउन सक्यो। मुम्बईका लागि रोहित शर्मा शतक प्रहार गरी नट आउट रहे।

उनले ६३ बलमा ११ चौका र ५ छक्का प्रहार गरी १०५ रन बनाए। त्यस्तै तिलक बर्माले २० बलमा ५ चौका प्रहार गरी ३१ रनको जोडे।

ओपनर इशान किशनले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरी २३ रनको योगदान गरे। सूर्यकुमार यादव शून्य रन बनाएर आउट हुँदा कप्तान हार्दिक पाण्ड्या २, रोमारियो शेफर्ड १ र टिम डेविड १३ रन बनाएर आउट भएका थिए।

बलिङतर्फ चेन्नाईका मथिश पाथिरानाले ४ विकेट लिँदा तुशार देशपाण्डे र मुस्ताफिजुर रहमानले १ विकेट लिए।

वाङ्खेडे स्टेडियममा पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेट गुमाएर २०६ रन बनाएको थियो। चेन्नाईका लागि शिवम दुबे ६६ र महेन्द्रसिंह धोनी २२ रन बनाएर नट आउट रहे।

दुबेले ३८ बलमा १० चौका र २ छक्का प्रहार गरे भने ४ बल खेलेका धोनीले ३ छक्का प्रहार गरे। त्यसअघि कप्तान रूतुराज गायकवाडले ४० बलमा ५ चौका र ५ छक्का हानेर ६९ रन बनाएका थिए।

ओपनर रचिन रविन्द्रले १६ बला २ चौका र १ छक्का प्रहार गरी २१ रन जोड्दा अर्का ओपनर अजिंक्य रहाणे ५ रन बनाएर आउट भएका थिए।

त्यस्तै ड्यारिल मिचेलले १४ बलमा १ चौका प्रहार गरी १७ रनको योगदान गरे। जितसँगै चेन्नईअंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उसले ६ खेलबाट ८ अंक जोडेको छ।

राजस्थान रोयल्स ६ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा छ भने एक खेल कम खेलेको कोलकाता नाइट राइडर्स ८ अंक जोड्दै दोस्रो स्थानमा छ। पाँच खेलबाठ ६ अंक जोडेको सनराइजर्स हैदरावाद चौथो स्थानमा छ।