मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरूङभित्रै सोफा राखेर नबसेको भए हुने प्रधानमन्त्रीले

सुरूङभित्रै सोफा राखेर नबसेको भए हुने प्रधानमन्त्रीले

अपि टाइम्स

काठमाडौं । करिब ५३ महिनापछि हुन लागेको नागढुंगा–सिस्नेखोला सुरूङमार्ग ‘ब्रेक थ्रु’को प्रत्यक्ष अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत पुगेका छन् । उनलाई सुरुङभित्रै रातो कार्पेट ओछ्याएर स्वागत गरिएको छ । साथै सोफामा बस्ने व्यवस्था मिलाइएको छ ।

अवलोकनमा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई पनि सोफामा बस्ने व्यवस्था मिलाइएको छ ।

मुख्य सुरुङ सोमबार मात्र वारपार छेड्न लागिए पनि त्योसँगैको आपतकालीन सुरुङ भने गत साउन २२ गते नै छेडिएको थियो । मुख्य सुरुङ २।६८८ किलोमिटरको छ । आपतकालीन सुरुङ २।५५७ किलोमिटर लामो छ ।

यो सुरुङमार्ग प्रयोगकर्ता काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउ–जाउ गर्न सक्ने आयोजनाले जनाएको छ । आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउ–जाउ गर्न मिल्ने सात वटा ढोका छन् । मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धार लगायतका काम गर्न भन्दै आपतकालीन सुरुङ निर्माण गरिएको हो ।

यो सुरुङ मार्ग हाजमा आन्दो कर्पोरेसन जापानले बनाइरहेको छ । मुख्य सुरुङ ब्रेक थ्रु भएपछि त्यसभित्र बिजुली जडान, अक्सिजन आपूर्तिको व्यवस्था, सडक ढलान लगायतका काम हुनेछ । सवारी साधन गुड्नलायक भने एक वर्षपछि मात्र हुने आयोजनाले जनाएको छ । कतिपयले सुरुङभित्र सोफा राखेर नबसेको भए पनि हुने भनेर आलोचना गरेका छन् ।