मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जब एक युवक घण्टौँसम्म हाइटेन्सन पोलमा चढे

जब एक युवक घण्टौँसम्म हाइटेन्सन पोलमा चढे

अपि टाइम्स

काठमाडौँ । बिहान साढे ६ बजेदेखि हाइटेन्सन लाइनको पोलमा चढेका युवक तल झरेका छन्।

मोरङ बुढीगंगाका गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी ५ बजेतिर पोलबाट ओर्लिएका हुन्।

गाउँपालिका अध्यक्ष जितनारायण थापालगायतले फकाएर उनलाई तल झारेका हुन्।

माझीले सडकको रिटेनिङ वालको काम गुणस्तरहीन भएको भन्दै काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका थिए। उनले गाउँपालिका अध्यक्ष थापाबाट प्रतिबद्धताको माग गरेका थिए।

थापा धनकुटामा थिए। उक्त खबर पाएर फर्किएपछि फकाएर माझीलाई तल झारिएको हो।

बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ वाल निर्माणको काम भइरहेको छ। त्यही रिटेनिङ वाल रोक्नुपर्ने ती युवकको माग छ। उनले सडकमा भएको काम गुणस्तरीय बनाउने प्रतिबद्धता खोजेका हुन्।