मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपमेयरले मेयरको नेमप्लेट फालिन्, जुत्ताले प्रहार गर्न खोज्दा यस्तो भयो

उपमेयरले मेयरको नेमप्लेट फालिन्, जुत्ताले प्रहार गर्न खोज्दा यस्तो भयो

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तु नगरपालिकामा उपमेयर सुनिता गुप्ताको ज्यादतीले सिंगो नगर आक्रान्त बनेको छ । निर्वाचित भए पश्चात लगातार बिवादित बन्दै आएकी गुप्ताले कर्मचारीसंगै निर्वाचित प्रतिनिधिलाई समेत कामकारवाहीमा असहजता पैदा गर्ने गरेकी छिन् ।

सुशासन कायम गर्ने निहुँमा नगरका सबै शाखा, उपशाखाहरुमा हुने काममा रोकावट पैदा गर्ने, अवरोध सिर्जना गर्ने गरेको कर्मचारी बताउँछन् । यता, मंगलबार १५ औं नगरसभा चलिरहँदा उपमेयर सुनिता गुप्ताले मेयर सुदीप पौडेलमाथी र्दुव्यवहार गरेकी छिन् । ५ महिना ढिलो गरि संचालन भएको कपिलवस्तु नगरपालिकाको नगरसभा मंगलबार (बैशाख ४) का लागि आव्हान गरिएको थियो । पालिकाका पदाधिकारी, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्य लगायत सबैको उपस्थितिमा कपिलवस्तु नगरपालिकाले १५ औं नगरसभा संचालन गर्यो ।

सभा संचालन गर्ने मुख्य उत्तरदायित्व नगर उपप्रमुखकै रहने कानुनी प्रावधान छ । यद्यपि, प्रावधान बमोजिम पौष महिनामा नगरसभा संचालन गर्न उपमेयर नै बारम्बार बाधक बनेपछि बैशाख ४ गतेलाई सभा हुने मिति तय गरिएको थियो । सभा संचालनसँगै नगरका कामकारवाही, कार्यसम्पादनमा जनप्रतिनिधीदेखि कर्मचारीसम्मलाई दोषी करार गर्दै आएकी उपमेयर सुनिता गुप्ताले नगरसभामै मेयर सुदीप पौडेलमाथी दुर्व्यवहार गरिन् ।

बजेट, योजना तथा कार्यक्रम प्रति तिब्र असन्तुष्ट रहेकी उपमेयर गुप्ताले पोडियममै बोल्दा नै आपत्तीजनक शब्द प्रयोग गरिरहेकी थिइन् । आफुले प्रस्तुत गर्नुपर्ने बिधेयक, ऐन लगायतका बिषयबस्तु प्रस्तुत नगरि गुप्ता नगरका मेयर, प्रमुख प्रशासकीय अधिृकत, शाखा प्रमुखहरु लक्षित भष्ट्रचार आरोपका फेहरिस्त सुनाउन थालिन् । आफु लक्षित आरोपको मेयर पौडेलले आफु बसेकै चेम्बरबाटै प्रतिवाद गरे ।

उपमेयर गुप्ता पोडियमबाट ओर्लिन्, मेयर पौडेलको नेमप्लेट फालिन् । आफुले लगाएको चप्पलले मेयर पौडेललाई हान्न प्रयास गर्दै “अब्बे मार ढारब, सब जने मिल्के पैसा खावथे” भन्नै सभाबाट बाहिरिन् । सभामा उपस्थित सबै सदस्यहरु आक्रोशित देखिए । लगत्तै सबै सदस्यहरु आआफ्नो स्थानमा उभिएर उपमेयर बिरुद्ध नाराबाजी गरे ।

उपमेयरको यो कदम न्यायसंगत नभएको अधिकांश वडाध्यक्षहरुको भनाइ छ । मनपरितन्त्र गरेर नगरसभा नै बिथोल्ने नियतले उपमेयरले हर्कत देखाएको उनीहरुको भनाइ छ । बिगत पाँच महिनादेखि उपमेयर बैठकमा अनुपस्थित रहने अनि छलफलमा नआउने गरेको मेयर पौडेल बताउँछन् । पुषमा गर्नुपर्ने नगरसभा बैशाखमा गर्नुपर्ने बाध्यताले नगरको गतिविधिमा प्रत्यक्ष असर परेको उनले बताए । नगरसभा जस्तो गरिमामय र संवेदनशील स्थानमा आफु माथी ब्यक्तिगत आक्रोश पोख्नु सिंगो नगरपालिकाको गरिमामा आँच आउने कार्य भएको उनले बताए ।

कार्यपालिकाको सर्वसम्मतीबाट सभाको संचालन नगरले गरेको हो । केहि महिना अघि पनि कर्मचारीलाई र्दुव्यवहार गरेको भन्दै नगरपालिकाका कर्मचारीहरुले पेनडाउन गरेर बिरोध जनाएका थिए । उपप्रमुख गुप्ताले नगरपालिकामा सुशासन कायम राख्ने भन्दै गतबर्षदेखि हालसम्मका प्रत्येक शाखाका फाइल अध्ययन गरिरहेकी छिन् ।

यता, उपमेयरको ब्यवहारका कारण न्यायिक समितीका सदस्यहरुले राजिनामा दिएका छन् । वडाध्यक्षद्धय मोहनलाल शर्मा र रामगोपाल यादवले राजिनामा दिएका छन् । उपमेयरले गैरजिम्मेवार प्रकृतिका काम गरेको र आफुलाई असहज लागेर समितीबाट राजिनामा दिएको शर्माले बताए ।

यसैबीच, नगरसभाले महत्वपूर्ण तीनवटा बिधेयक पारित गरेको छ । विनियोजन ऐन, २०८० लाई संशोधन समेत गर्न बनेको पुरक विनियोजन विधेयक, २०८०, अनुगमन कार्यविधि, २०८० र घरनक्सालाई थप ब्यवस्थित गर्न तथा पुर्नः अभिलेखीकरण गर्न बनेको बिधेयक, २०८० पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले बताए ।