मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रहेनन् चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनी

रहेनन् चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनी

अपि टाइम्स

रासस
काठमाण्डौ । पोखराका चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनी ‘शिव’ को ७० वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमवार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनको हिजो निधन भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए । कास्कीको रुपा गाउँपालिका ५ स्थायी निवासी उहाँ जण्डिस र निमोनियाको बिरामी थिए ।

पङ्गेनीको आज अन्त्येष्टि गरिने परिवारले जनाएको छ । स्वर्गीय पङ्गेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन् ।

यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह) उहाँका प्रकाशित कृतिहरू हुन् ।