मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगा माविलाई राजनैतिक हस्तक्षेपबाट मुक्त गराउन सबै एक ढिक्का !

बाणगंगा माविलाई राजनैतिक हस्तक्षेपबाट मुक्त गराउन सबै एक ढिक्का !

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा ४ ठाकुरापुरस्थित बाणगंगा माध्यमिक विद्यालयलाई राजनैतिक हस्तक्षेपबाट मुक्त बनाउन सरोकारवाला सबै एक ढिक्का भएका छन् । बुधबार विद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापक, सल्लाहाकार, पत्रकार लगायतको लामो वैठकमा विद्यालयलाई नमुना बनाउन पहिलो सुरुवात ‘राजनैतिक हस्तक्षेप बन्द’ बाट हुनुपर्नेमा सबैले जोड दिए ।

विद्यालयभित्रका कुनै पनि पठनपाठन गतिविधिमा तेरो मेरो दल, यसको कोटा, उसको कोटा भन्ने कुरा निमिट्यान्न पार्नुपर्नेमा सबैको जोड छ । बैठकमा काँग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा लगायतका पार्टीबाट प्रतिनिधि समावेश थिए भने एमालेका प्रतिनिधि बैठकमै सहभागि थिएनन् ।

वैठकको अध्यक्षता गर्दै ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुँवरले आफ्नो कार्यकालसम्म विद्यालयमा राजनीति हुने कुरा कल्पनासम्म नगर्न सबैलाई आग्रह गरे । उनले भने, ‘अब यहाँ कसैले राजनीति गर्छु भन्ने सोचेको छ भने आजै त्यो विचारलाई अन्त्य गरिदिनुहोस् । म यहाँ आएको राजनीति गर्न होइन विद्यालयलाई नमुना बनाउन हो । शिक्षक भर्तीदेखि कुनै पनि कार्यमा सबैको सल्लाहमा हुन्छ । विद्यालय अहितका कुरा ब्यवस्थापनले सुन्दैन । राम्रा शिक्षक राखिन्छ, कसैको पार्टीका शिक्षक भनेर सिफारिस हुँदैमा उनीहरुको नियुक्ति हुनुपर्दछ ।’

‘ब्यवस्थापनदेखि शिक्षकसम्म कसैले पनि विद्यालयमा राजनीति गर्नु हुँदैन । विद्यालयको सुधारको लागि केके गर्नुपर्दछ भन्नुस् समिति तयार छ । ब्यवस्थापन समितिले प्रयास गर्ने तर शिक्षकले इमान्दारिता नदेखाउने हो भने लक्ष्य पुरा हुँदैन’, उनले थपे ‘सकेसम्म विद्यालय सम्बद्ध सबैले आफ्ना छोराछोरी यहिँ भर्ना गरौँ । यदि गरिएन भने यो आफैप्रतिको अविश्वास हो । अहिले यहाँ भर्ना गर्न नसकिए पनि आगामी बर्षसम्म शिक्षक, समितिका सदस्य, सल्लाहाकार, प्रअ सबैका बालबालिका यहाँ नै पढ्ने खालको बातावरण गराउने गरी सबै लागौँ । सबै सम्भव छ ।’

बैठकमा सल्लाहाकार सदस्यहरु टेक बहादुर शाही, गणेश बहादुर क्षेत्री, दल बहादुर कुँवर, इन्दिरा भट्टराई, चन्द्रकान्त न्यौपाने, सदस्य हरि पौडेल, शिक्षकहरु ज्ञानराज अर्याल, कुमार थापा लगायतले सुझाव सल्लाह राखेका थिए ।
विद्यालयको गुणस्तर राम्रो बनाउन र राजनीति हावी हुनबाट बचाउन सबै दलका साथीहरु शुद्ध मनले लागुपर्नेमा सल्लाहाकार टेक बहादुर शाहीको आग्रह छ ।

सल्लाहाकार गणेश बहादुर क्षेत्रीले विद्यालयको समितिलाई नमान्ने नगरपालिका र तयो तपकासंग पनि सल्लाह गर्दै एक भएर जानुपर्ने बताउादै त्यस्ता ब्यवधान तुरुन्त फुकाउनुपनर्मो जोड दिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष राम शुभागे थारुले विद्यालयको अकाउण्टदेखि हरेक क्षेत्रलाई प्रविधिमय बनाउनु पर्ने सुझाउँदै विद्यालय परिसरभित्र राजनीति गर्न नहुनेमा जोड दिए ।

शिक्षक अर्याल र थापाले विद्यालयको पठनपाठनदेखि गुणस्तर कायम गर्ने सवालमा कुनै चिन्ता नलिन आग्रह गर्दै समितिले शिक्षक पदपुर्ति, भौतिक पूर्वाधार निर्माण लगायतमा ध्यान दिन आग्रह गरे । ४९ बर्ष पुरानो विद्यालयको गतिविधि र नतिजा जिल्लामै राम्रो रहेको तर आगामी दिनमा अघि बढ्न थप चुनौति रहेका कारण अब पुरानै शैलीले विद्यालय चल्न नसक्ने सबैको निष्कर्ष छ ।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद भण्डारीले विद्यालय कमजोर नभएको, राजनीति हावी नभएको बताउँदै बैठकमा आएका सुझाव सल्लाह अनुसार अघि बढ्ने बताए । उनले आगामी दिनमा विद्यालयमा धेरै परिवर्तन हुने विश्वास दिलाए । वैठकको संचालन शिक्षक माधव प्रसाद घिमिरेले गरेका थिए ।