मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षामन्त्रीलाई थापाले भने ‘तपाईले राजनीति बुझ्न बाँकी छ, धेरै ट्याउँट्याउँ नगर्नू’

शिक्षामन्त्रीलाई थापाले भने ‘तपाईले राजनीति बुझ्न बाँकी छ, धेरै ट्याउँट्याउँ नगर्नू’

अपि टाइम्स

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले शिक्षामन्त्री सुमना श्रेष्ठलाई राजनीति नबुझेको ब्यक्तिको संज्ञा दिएका छन् । प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहान्छन् कार्यक्रममा थापाले श्रेष्ठले नेपालको राजनीति बुझ्न बाँकी रहेको भन्दै धेरै ट्याउँट्याउँ नगर्न अनुरोध गरे ।

अहिलेका मन्त्रीमध्ये एमालेका मन्त्रीले केहि नगरेको र राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले चमत्कार गरे भन्ने क्रषि धमलाको प्रश्नको जवाफमा उनले सुमना संसदभन्दा माथि रहन खोजेको आरोप लगाए । आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला संसदबाट बनाइएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम हटाएर संसदभन्दा माथि रहेको आरोप लगाए । उनले आफ्ना मन्त्रीले चमत्कार गरेको बताए ।

सुमनाले राजनीति गर्ने शिक्षलाई कारबाही गर्न थालेको प्रसंगबारे पनि थापाले आपत्ति जनाए ।आफ्नै सरकारका मन्त्रीमाथि नेताहरुले यस्तो टिप्पणी गर्न थालेपछि सत्ता संकटमा जान थालेको हो कि भन्ने रुपमा बुद्धिजिवीले अर्थयाउन थालेका छन् ।