मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देहीमा मात्र ६१ लाख बढीको पुस्तक बेचेका महावीरले फेसबुकमा यस्तो लेखे

रुपन्देहीमा मात्र ६१ लाख बढीको पुस्तक बेचेका महावीरले फेसबुकमा यस्तो लेखे

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय आविष्कार कन्द्रका प्रमुख महावीर पुनले रुपन्देहीमा मात्र ठुलो परिमाणमा पुस्तक बेचेका छन् । एक सातादेखि बुटवल रहेका उनले आफ्नो फेसबुकमात्र कितब विक्रीबारेको जानकारी दिएका छन् । उनले एक सन्देश लेख्दै फेसबुकमा २ वटा भौचर नै सार्वजनिक गरेका छन् । नेपाल बैङ्क लिमिटेडको एउटा भौचरमा ३२ लाख रुपैयाँ जम्मा भएको छ भने अर्को भौचरमार्फत् २९ लाख ५० हजारको भौचर जम्मा गरेका छन् । रुपन्देहीबासी जनतालाई सोझा उपमा दिएका उनले लेखेका छन्
रुपन्देही जिल्लाको मात्र हिजो सम्मको कमाई हेर्नु होस्। यहाँका जनता निकै सोझा रहेछन् । सोझा जनतालाई निकै पैसा झारियो। अझै दुइ तिन दिन यतै किताब बेचिन्छ। माफ गर्नु होला। बाठो मान्छे बाट पैसा झार्न गाह्रो हुन्छ।
रुपन्देहीको केहिदिनको बसाईपछि उनी पूर्वतर्फ प्रस्थान गर्ने बताइएको छ । वीरगंजस्थित कृषि औजार आविष्कार केन्द्रलाई संचालन गर्न उनले किताब बेच्ने अभियान सुरु गरेका हुन् ।