मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चर्चित सुस्मिता हत्याकाण्डः कपिलवस्तुमा भोलि वृहत् प्रदर्शन, सहभागि हुन पीडितको आग्रह

चर्चित सुस्मिता हत्याकाण्डः कपिलवस्तुमा भोलि वृहत् प्रदर्शन, सहभागि हुन पीडितको आग्रह

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
काठमाडौँ । बाग्मती प्रदेशको हेटौँडामा भएको चर्चित सुस्मिता हत्या काण्डलाई लिएर कपिलवस्तुमा भोलि वृहत् प्रदर्शन हुने भएको छ । कपिलवस्तुबाट विहे भएर हेटौँडा पुगेकी वडा नम्बर ८ बोडगाउँकी सुस्मिता केसीको परिवारको मिलीमतोमा विभत्स हत्या भएको थियो । तर अहिले उक्त घटनाको मुख्य योजनाकारलाई नै अदालतले सफाइ दिएको भन्दै त्यसैको विरोधमा प्रदर्शन हुन लागेको हो ।

सुस्मिताको न्यायका लागि संघर्ष समिति कपिलवस्तुले घटनाका योजनाकारलाई कुनै हालतमा उन्मुक्ति नदिइयोस् भन्ने दबाब सिर्जना गर्न वृहत् प्रदर्शन कार्यक्रम राखिएको जनाएको छ । समिति अध्यक्ष अम्बिका पौडेलले विहान ८ बजे वडा नम्बर २ स्थित इलाका प्रहरी कार्यालयअघि जम्मा भएर धर्ना दिने र प्लेकार्ड र नारासहित ४ नम्बर चोकमा आएर कोण सभा गर्ने कार्यक्रम रहेको जानकारी दिइन् ।

उनका अनुसार भोलिको प्रदर्शनमा ठाउठाउँबाट हजारौँ मानिस जम्मा हुने छन्, यसको लागि वडा, विद्यालय लगायतलाई सुचना दिइएको छ ।

पीडितका ठुला बुबा हेम खड्काले सुस्मिताको न्यायको लागि अब ज्यानको बाजी लगाउनसमेत तयार रहेको बताए ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ की २४ वर्षीया सुस्मिता केसीको हत्या भएको करिब साढे २ वर्षपछि हत्यामा संलग्न चारजनालाई जिल्ला अदालत मकवानपुरले जन्मकैदको फैसला गरेको थिया । सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, ज्वाइँ अरुण कार्की र कान्छी नन्द सीता थापालाई हत्याको कसुरदार ठहर गरी जन्मकैद अर्थात जनही २५ वर्षको कैद हुने फैसला गरे पनि ज्वाई अरुण र उनकी श्रीमती दुर्गा कार्कीलाई उच्च अदालत हेटौँडाले सफाई दिएको छ ।

पीडित परिवारले घटनाका मुख्य योजनाकार नै तिनै दुर्गा र अरुण नै रहेको भन्दै तिनलाई सफाई दिन नहुने बताउँदै आएका छन् । जिल्ला अदालतले जन्म कैदको फैसला गरे पनि उच्च अदालतले मुख्य योजनाकारलाई सफाई दिएर आफूहरुमाथि ठुलो अन्याय गरेको हुनाले अन्तिम लडाइस्वरुप दबाब थालेको खड्काले बताए ।

कपिलवस्तुको प्रदर्शनपछि अब आफू काठमाडौँमा धर्ना बस्ने खड्काको चेतावनी छ । अदालतको मानहानी गर्न नभई आफू र सुस्मिताको न्यायको लागि यो दबाब कार्यक्रम गरिएको उनको प्रष्टिकरण छ ।

सुस्मिताकी आमा गंगा केसीले विगत ४ बर्षदेखि लड्दालड्दै आफूहरु पनि सिद्धिन लागेको अवस्थामा अदालतको फैसलाले झन् दुखि बनाएको भन्दै सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गरिन् । बिभिन्न दबाब र प्रभावले घटनाको मुख्य योजनाकारलाई उन्मुक्ति दिने गरी उच्च अदालतले फूर्णपाठ देला भनेर आफूहरुले कल्पनासम्म नगरेको केसी बताउँछिन् ।

आफ्नी छोरी अब आफूले नपाए पनि मुलुकभरका सुस्मिताजस्ता हजारौँ छोरीहरुको न्यायको लागि यो अभियान गरिएको गंगा केसीको भनाई छ । यो कार्यक्रमपछि थप दबाबको कार्यक्रम गरिने भएकाले अधिक संख्यामा सहभागिताको लागि सबैलाई आग्रह गरिन् ।

अभियानमा सुरुदेखि लागेका राष्ट्रिय स्वयम् सेवक सघका अध्यक्ष खेमराज पौडेलले सबै जुटेर दबाब सिर्जना गनुृको विकल्प नभएको बताए । उनले काठमाडौँ पनि संघर्षसमिति बनिसकेको बताउँदै अब आन्दोलन झन् चर्कने चेतावनी दिए । पति वियोगमा रहेकी क्षेत्रीको हत्या तत्कालिन समय ठूलो विमा रकम हत्याउन बुहारीकै हत्या गरिएको तथ्य छ । २०७६ वैशाख १८ गते सुस्मिताले प्रकाशका छोरा रूपेन्द्र थापासँग बिवाह गरेकी थिईन् ।

बिबाह भएको ६ महिनापछि अर्थात असोज २३ गते कपिलवस्तुस्थित ससुरालीबाट फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा रुपेन्द्रको निधन भएको थियो । त्यसपछि ७७ असार २ गते उनको विभत्स हत्या भएको थियो । ठुलो विमा रकम हत्याउन सुस्मिताको हत्या गरिएको प्रहरीको तथ्य छ ।