मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठुला नेता पक्राउ पर्नुमा हाम्रो भूमिका छ भनेपछि रविको चर्को आलोचना

ठुला नेता पक्राउ पर्नुमा हाम्रो भूमिका छ भनेपछि रविको चर्को आलोचना

रविले यस प्रकरणको जस खान नखोज्दा नै राम्रो हुने उनीहरुको भनाई छ

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । नक्कली भुटानी शणरार्थी र संगठित भ्रष्टाचारविरुद्ध स्वतन्त्र नागरिकहरुले शनिबार काठमाण्डौँको नक्सालमा वृहत प्रदर्शन गरे । सो कार्यक्रममा डाक्टर बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सोही पार्टीकै सांसद स्वर्णिम वाग्ले, तोशिमा कार्की, पत्रकार टिकाराम यात्री, राजेन्द्र बाँनियाँ, मानवअधिकारक, नागरिककर्मी, अभियान्ता, सर्वसाधारण लगायत सहभागि थिए ।

उनीहरु नक्सालस्थित नारायण चौरमा बिभिन्न प्लेकार्ड लेखिएका प्लेकार्ड समातेर पलेटी कसेर प्रदर्शनको समर्थन गरेका थिए । कार्यक्रममा हजारौँको संख्यामा नागरिक सहभागि भए पनि मानिस र मिडियाको ध्यान भने लामिछानेमै थियो । मिडियाका क्यामेराले रविलाई घेरेका थिए । कहाँसम्म भने केहि समय रवि बोल्न र हिँड्न सक्ने स्थितिसम्म बनेन । रवि आफ्नो बडिगार्ड र सहयोगीसहित बसेको स्थानबाट निस्किए र केहि पर गएर नारायणचौरमा बनिरहेको मानव साङ्लोमा सहभागि भए ।

मिडियाले प्रकरणबारे बोल्न र्याख–र्याख पारिरहेका थिए । युटुभरदेखि मुलधारका मिडिया गरी दर्जनौँ पत्रकारको त्यहाँ सहभागिता थियो । तर उनले प्रदर्शनमा केवल समर्थन गर्न आएको तर बोल्ने कार्यक्रम नभएको भनेर सुरुमा टारे । तर पत्रकारले मानेनन् जसरी पनि रवि बोल्नु पर्ने माग राखे । त्यसपछि भने रविको बोली रोकिएन सबै पत्रकारले सोधेका प्रश्नको जवाफ लिन आँटे ।

सो क्रममा उनले वर्तमान सरकारलाई बधाइ र धन्यबाद दिए भने घटना कतै लुकाउन लागिएको हो कि भनेर आसंका पनि गरे । मिडियाले हैरान पारेपछि उनी खुलेर बोले ।

उसो त यसअघि पनि रविले पटपटक बोलेको कुरा हो कि आफूहरुको जोड र भ्रष्टाचारीमाथि आफूहरुले गरेको कारबाहीबाट अरु दलले पाठ सिकिरहेका छन् । नारायण चौरमा पनि उनले भने हाम्रो कारण ठुला ठुला नेताहरु समातिएका हुन् ।
त्यसैलाई मिडियाले हेड लाइन बनाए ।

त्यसपछि भने रवि लामिछानेको त्यो अभिब्यक्तिको चर्को आलोचना सुरु भएको छ । रविले राम्रो गरेका वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीलाई जस नदिएर उल्टै आफ्नो कारण भएको भनेपछि गाली गर्नसम्म छोडेका छैनन् । रविका प्रसंसकले समेत यो अभिब्यक्तिपछि रविको आलोचना गरेका छन् ।

अनलाइन खबरले रविको फोटोमा ठुला नेता पक्राउ पर्नुमा हाम्रो भूमिका छ भन्ने वाक्य लेखेर फेसबुकमा पोष्ट गरेपछि रविले आलोचनासंगै गाली पाएका छन् । यो समाचार तयार पार्दासम्म उक्त पोष्टलाई चार हजार नौ सयले लभ र एङ्ग्री रिएक्ट गरेका छन् भने एक हजार २ सय कमेन्ट गरेका छन् । यस्तै उक्त पोष्टलाई ४१ जनाले शेयर गरेका छन् ।

प्रतिक्रिया आएकामध्ये धेरैले रविलाई गाली गरेका छन् भने चर्को आलोचना पनि गरेको देखिन्छ । केहिले राम्रो प्रतिक्रिया दिएका छन् ।
त्यसमध्ये लक्ष्मण घर्ती मगर प्रतिक्रिया लेख्छन् ‘उईले केटाटी छँदा क्यारेम्बोर्डको जोगी (बुङ्गा) खेल खेल्ने बेला मुस्किलले मुखमा पुगेको गोटी वा सिधा हान्न मिल्ने भएर बसेको गोटी देखेर मनमनै ’’अब त त्यो मैले नै खानु पर्छ’’ भनेर सोँच्दा सोँच्दै अघिल्लो दाईहरुले खाईदिन्छन् र आफु जोगी भएर बस्नु पर्थ्यो । निकै नमजा लाग्थ्यो, चित्त दुख्थ्यो, बोरै हुन्थ्यो भनौँ न । तर बाहिर अनुहार मेन्टेन् गरेर अर्को गेम पर्खनुको विकल्प रहन्नथ्यो,आज्याल-रवि लामिछाने जीले मिडीयामा बक्बकाएका बोलीहरु सुन्दा मलाई त्यै सम्झना आउँछ । उनले म खाउँला भनेर थुक निल्दै हेरीराखेका गोटीहरु राजनितिका दाई प्रचण्डले कपाकप खाईदिँदै छन् 😆। मनभित्र मैले गर्न खान पाएको भए……भन्ने बोरिलो आँधी चल्दाचल्दैको बावजुत मिडीयामा – ’राम्रो राम्रो समर्थन छ यो हामीले नै उठाएको मुद्धा हो !’ भन्दै डुल्दै छन् । 😂 झन त्यै माथी दर्जनका दर्जन युट्युबरहरुको घेरा बिना एक पाईला पनि नसार्ने, सहकर्मीहरुको प्रत्यक्ष लाईभ प्रसारण बिना एक शब्द पनि नबोल्ने स्टन्टबाज रुचाउँने पपुलिजम् र हिरोईजम् लाई प्रधान मान्ने एक पात्रको लागी त यो अहिलेको situatio निकै नै चुकचुकाउँने घडी साबित भएको छ । ‘😁


संजिव आचार्यको प्रतिक्रिया यस्तो छ ‘खालि स्टन्ट मात्र गर्छ भनेर आरोप लागिरहने एउटा राजनीतिक पार्टिको सभापतिले भ्रस्ट्राचार बिरुद्दको आन्दोलनमा पार्टीको झण्डाबिहिन आन्दोलनको आब्ह्वान गर्नु चाहि चानेचुने बिषय होइन ! गम्भीर बनौं !’

कतिले वर्तमा काम गरेको सरकारबाट समर्थन फिर्ता लिएर रविले गल्ती गरेको लेखेका छन् । सुरेन्द्र यादवले लेखेका छन् ‘समर्थन फिर्ता लिएर कस्तो भूमिका खेलेको हो हामीलाई पनि थाहा छ। मुखमा राम राम बग्लीमा छुरा’

उस्तै प्रतिक्रिया अमिर श्रेष्ठको पनि छ । लेखेका छन् ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने अनि हाउडे समर्थकहरूको आखामा छारो हाल्ने क्या गज्जब छ त ।’


बुद्धि बोहरा भने रविको सो भनाइमा समर्थन जनाउँछन् र लेख्छन् ‘भ्रस्टाचार विरुद्ध संसद भवन र सडकमा खबरदारी नगरेको भय काले काले मिलेर खाउ भाले हुने थियो विशेष गरि ज्ञानेन्द्र शाही र रबि लामिछाने ज्यू लाई सलाम गर्न चाहन्छु भ्रस्टाचार मा लिप्त सुतेको सरकार लाई झक्झक्याउनु भयकोले यो चमत्कार देख्न पाइयो ।’

विजया नाम गरेकी एक जना महिलाले भने यसको जस वर्तमान सरकारलाई नै दिनुपर्ने बताउँछिन् ।

उनको भनाई छ कि ‘रबि लामिछानेको भ्रष्टाचार विरुद्धको कार्यक्रम भन्ने नाम दिइएको छ।त्यही कार्यक्रममा कोहि २०४७ को संविधान ल्याउन आएको भन्छ।कोहि राजतन्त्र ल्याउन आएको भन्छ।कोहि धर्म निरपेक्षता खारेज होस भन्छ।अर्को शाही सासद राजा चाहियो र हिन्दु धर्म चाहियो भन्दै कराउछ।हैन हैन रबिको भ्रष्टाचार, र भ्रष्टाचारी विरुद्धको अभियान हो को ब्यबस्था बिरोधि हो? कि संविधान बिरोधि आन्दोलन हो।यस्ता गन्तव्य बिहिन भेडाहरुको जमात लिएर यो लामिछाने कहाँ पुग्छन म केही बुझ्दिन।हुन त यी लामिछाने पनि भ्रष्टाचार विरुद्ध र भ्रष्टाचारी विरुद्ध सरकार एक्सनमा उत्रिएको बेला समर्थन फिर्ता लिएर प्रधानमन्त्री बन्न कुद्ने महान कुहिएको काग न परे।जय होस लक्ष बिहिन जमातको।सरकार आफ्नो लक्षमा निरन्तर अगाडि बढोस।प्रचण्ड र नारायणीकाजीलाई ।’

हरि भण्डारीको प्रतिक्रिया भने फरक छ जनयुद्धमा प्रचण्डको योगदान स्मरण गर्दै उनी रविलाई सत्य कुरा बोल्न अनुरोध गर्छन् । उनले लेखेका छन् ‘जनयुद्ध मा १७ हजार मारिनुमा नि हजुर कै भुमिका छ तेसो भए त जिम्मा लिनु परो नि सस्तो लोकप्रियता का लागि ओलि जस्तै जथाभावी बोल्नु हुँदैन सत्यतथ्य बोल्नुस ।’

यस्तै धेरै प्रतिक्रिया अनलाइन खबरको सो पोष्टमा देखिन्छन् । उसो त कार्यक्रममा सहभागि भएका बुद्धिजिवीले पनि रविले त्यसो भन्न नहुने बताउँछन् ।

नक्कली भुटानी शणरार्थी प्रकरणमा प्रधानमन्त्री भन्दा पनि ठुलो भूमिका गृहमन्त्री नारायणकाजी श्रेष्ठको रहेको उनीहरुको भनाई छ । रविको पनि कुनै न कुनै भूमिका रहेको भन्दै रविले यस प्रकरणको जस खान नखोज्दा नै राम्रो हुने उनीहरुको भनाई छ ।