मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीकै अघि देउवाले भने ‘मलाई गाली गर्नभन्दा मदन भण्डारीको हत्यारा पत्ता लगाउनुस्’

ओलीकै अघि देउवाले भने ‘मलाई गाली गर्नभन्दा मदन भण्डारीको हत्यारा पत्ता लगाउनुस्’

अपि टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेका पूर्वमहासचिव मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्न उठाए ।

‘कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन । हुँदाहुँदा उहाँको ड्राइभर पनि मारियो । त्योसम्म अहिलेसम्म पत्ता लगाउन सकेको छैन’, देउवाले भने, ‘मदन भण्डारी हाम्रो नेता हो, त्यसमा दुईमत छैन । तर मार्नेको पत्ता किन लागेन रु त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला गर्नुस् केही छैन । तर आफ्नो पनि भन्नुपर्‍यो नि । किन मदन भण्डारीको हत्यारा पत्ता लागेन र?’,

एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएको र मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति नै भएको भन्दै देउवाले मदनको हत्यामा संलग्न पत्ता लगाउन एमालेले नै चासो नदिएको जिकिर गरे ।

‘दुई पटक राष्ट्रपति बनिसक्नुभयो । प्रधानमन्त्रीहरु बनिसकेको सबै । खै पत्ता लगाएको ? त्यसकारण मलाई गाली गरेर केही हुनेवाला छैन । त्यो कुरा पत्ता लगाउनुपर्‍यो तपाईंहरुले’, देउवाले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित कार्यक्रममा कांग्रेस सभापति देउवाले संसदमा आफूहरुले उठाएको विषयलाई गम्भीर रुपमा लिन आग्रह गरे । कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ ।