मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अत्यधिक गर्मीका कारण विश्वभरका दुई अर्ब ४० करोड जना श्रमिक जोखिममा

अत्यधिक गर्मीका कारण विश्वभरका दुई अर्ब ४० करोड जना श्रमिक जोखिममा

अपि टाइम्स

एजेन्सी । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले अत्यधिक गर्मीका कारण विश्वभरका ७० प्रतिशत श्रमिक जोखिममा पर्ने चेतावनी दिएको छ ।

आईएलओले आज एक प्रतिवेदन सार्वजनिक गर्दै विश्वव्यापी तापक्रम बढ्दा त्यसको प्रत्यक्ष असर श्रमिकमा पर्ने र ७० प्रतिशत अर्थात् दुई अर्ब ४० करोड जना श्रमिक स्वास्थ्यको जोखिममा रहेको जनाएको हो । उच्च तापक्रममा काम गर्दा क्यान्सर जस्ता घातक रोगसहित अरू थुप्रै समस्या आउने आईएलओले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

सन् २०२० मा निकालेको प्रतिवेदनमा विश्वभरका पाँच प्रतिशत मजदुर जलवायु परिवर्तनको चपेटामा परेको उल्लेख थियो तर अब जोखिममा पर्ने श्रमिकको सङ्ख्या ६५ प्रतिशत पुग्ने उल्लेख छ । यस्तै अहिले एक अर्ब ६० करोड जना कामदार कार्यस्थलको वायु प्रदूषणको जोखिममा रहेका र बर्सेनि आठ लाख ६० हजार जनाको मृत्यु यसकै कारण भइरहेको हुन सक्ने पनि खबरमा उल्लेख छ । यसैगरी छालाको क्यान्सरबाट एक वर्षमा लगभग १९ हजार जनाको ज्यान गएको हुनसक्ने उल्लेख छ ।

गर्मीको लहर, खडेरी, जङ्गलमा लागेको आगो र आँधीबेहरीका कारण कामदार धेरै प्रभावित भइरहेका छन् । जलवायु परिवर्तनको गति बढ्दै जाँदा सरकार र रोजगारदाताले कर्मचारीको सुरक्षाका लागि कानुन र नियममा सुधारसहित विभिन्न उपाय अपनाउनुपर्ने आईएलओले सुझाव दिएको छ । युरोपियन युनियनको जलवायु एजेन्सीका पहिलो पटक लगातार दश वटा महिनामा तापक्रमले रेकर्ड बनाएको छ ।