मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीमा कोको छन् ?

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीमा कोको छन् ?

अपि टाइम्स

काठमाडौँ। क्रिकेट वेस्ट इन्डिजले नेपालसँग हुने टी– २० शृंखलाका लागि रोस्टन चेसको कप्तानीमा ‘ए’ टोलीको घोषणा गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ५ टी–२० शृंखलाका लागि क्रिकेट वेस्ट इन्डिजले मंगलबार चेसको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

टोलीमा अनुभवी चेससँगै एलिक एथानाज,फेबियन एलेन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याक्वाइ, गुडाकेश मोती, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन्।

नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार शृंखलाको पहिलो खेल २७ अप्रिलमा हुनेछ। दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाँचौँ तथा अन्तिम खेल ४ मेमा हुनेछ।

सम्पूर्ण खेल १२स्१५ बजेबाट शुरू हुने छ। नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो। उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।