मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुम्बईमाथि राजस्थानको जित, शतक प्रहार गरेपछि जैसवाल

मुम्बईमाथि राजस्थानको जित, शतक प्रहार गरेपछि जैसवाल

अपि टाइम्स

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्समाथि ९ विकेटको शानदार जित निकालेको छ। राजस्थाको जितका लागि सन्दीप शर्माले लिएको ५ विकेट र यशस्वी जैसवालले बनाएको शतक महत्त्वपूर्ण रहे।

सवाई मानसिंह स्टेडियम टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले दिएको १८० रनको लक्ष्य राजस्थानले एक विकेटको क्षतिमा आठ बल बाँकी हुँदै १८३ रन बनाएर भेट्टाएको हो।

मुम्बईमाथि सहज जितका लागि राजस्थानका ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे। ६० बलको सामना गरेका उनले ९ चौका र ७ छक्काको मद्दतमा नटआउट १०४ रन बनाएका हुन्। जोस बटल ३५ रनमा आउट हुँदा कप्तान सञ्जु स्यामसनलें नटआउट ३८ रन बनाए। मुम्बईका लागि पियुष चावलाले मात्र एक विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ६५ रन बनाए। ४५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। नेहल बढेरा ४९, मोहम्मद नाबी २३, सूर्यकुमार यादव र कप्तान हार्दिक पाण्ड्या १० र १० रनमा आउट भएका थिए।

मुम्बईलाई सस्तैमा समेट्न राजस्थानका सन्दीप शर्माले सर्वाधिक ५ विकेट लिए। ट्रेन्ट बोल्टले २ विकेट लिँदा आवेश खान र युजवेन्द्र चहलले १र१ विकेट हात पारे।

यो जितसँगै राजस्थान १४ अंकका साथ शीर्ष स्थानमा कायमै छ। मुम्बई भने ६ अंकसहित सातौं स्थानमा छ। आईपिएल अन्तर्गत मंगलबार चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्टको खेल हुँदैछ।