मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोलामा दुई हजार सात सय रुपैयाँले घट्दा सुनको मुल्य साढे ३५ हजार

तोलामा दुई हजार सात सय रुपैयाँले घट्दा सुनको मुल्य साढे ३५ हजार

अपि टाइम्स

काठमाण्डौ – सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ । आज भाउ घटेर तोलाको एक लाख ३५ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३८ हजार दुई सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी तोलाको एक हजार छ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार सात सय पाँच रुपैयाँ थियो ।