मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४ सय ५० यात्रु क्षमताको विमानमा अमिरसहित ४० जना आउने

४ सय ५० यात्रु क्षमताको विमानमा अमिरसहित ४० जना आउने

अपि टाइम्स

काठमाडौँ — दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको बिजनेस जेट (भीभीआईपी) विमान मंगबार ढाकाबाट ५ बजेअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ४ देखी ५ बजेसम्म एक घन्टाकालागि उड्डयनकर्मीहरूकालागि जारी हुने सूचना (नोटाम) लागू गरेको छ । यो समयभित्र कतारी अमिरको भ्रमणसँग जोडिएका दुईटा बिजनेस जेट ढाका हुँदै काठमाडौंमा अवतरण गर्ने छन् ।

स्रोतका अनुसार, अमिरको भ्रमणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार चारवटा विमानलाई नेपाल उडानको अनुमति दिएको थियो । जसमध्ये एउटा उडानमा अमिर रहने छन् । भने अर्को विमानमा उनका सहयोगी, कर्मचारीहरू रहेका छन् । अमिर एयरबसको ए–३४० विमानमा नेपाल आउँदैछन् । चारवटा इन्जिन भएको त्यो विमान ४ सय ५० यात्रु क्षमताको हो । तर त्यो विमानमा अमिरसहित ४० जना हाराहारी हुने भनिएको छ ।

उनी आउने विमानमा कुनै प्राविधिक समस्या आइहाले ‘स्ट्याण्ड–बाई’ विमान अमिरका लागि प्रयोग हुनेछ ।यो विमान लामो दुरीको उडानकालागि विश्वभर प्रख्यात छ । विश्वका भीभीआईपी, धनी, उद्यमी, सेलिब्रेटीहरू एक महादेशबाट अर्को महादेशको यात्रा गर्दा गल्फस्ट्रीम जी ६५० ईआर विमान प्रयोग गर्छन् ।

यो भ्रमणमा चारवटै विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ल्याण्डिङ पार्किङबाफतको शुल्क बुझाउनुपर्ने छैन । तर, अमिरसहित सबै भीभीआईपीको प्रति यात्रु ३३ सय रुपैया एयरपोर्ट सर्भिस चार्ज भने लाग्नेछ ।