मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसकारण विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

यसकारण विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

अपि टाइम्स

काठमाडौं । विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन् २०२० मा विश्वभर १४ लाख मानिसमा देखिएको प्रोस्टेट क्यान्सर सन् २०४० मा बढेर २९ लाख पुग्ने अनुमान गरिएको मेडिकल जर्नल ल्यासेन्टले जनाएको छ।

ल्यासेन्टका अनुसार सन् २०२० मा विश्वभर ३ लाख ७५ हजार पुरुषको प्रोस्टेट क्यान्सरको कारण मृत्यु भएको थियो।

पोस्टेट क्यान्सरकार कारण सन् २०४० सम्ममा बढेर मृत्युदर ८५ प्रतिशत पुग्ने अध्ययनले देखाएको छ। एक सय १२ देशका पुरुषमा देखिएको सामान्य क्यान्सरमध्ये १५ प्रतिशतमा प्रोस्टेटको क्यान्सर भएको प्रतिवेदनले देखाएको छ।

पुरुषमा क्यान्सरको कारण हुने मृत्युमा प्रोस्टेट क्यान्सर पाँचौ कारण भएको अध्ययनमा उल्लेख छ।