मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिया निर्यातमा भारतले लगाएको अवरोध हट्यो

चिया निर्यातमा भारतले लगाएको अवरोध हट्यो

अपि टाइम्स

काठमाडौँ । भारतीय भन्सारले पाँच दिनदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आजदेखि खुला गरेको छ। गत शुक्रबार काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए।

चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मंगलबार बेलुका सकुशल छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए।

नेपाली पक्षले चिया निर्यातमा भारतीय अवरोध भएको विषयमा आपत्ति जनाउँदै भारतीय पक्षलाई पुरानै नियमअनुसार व्यापार सहजीकरण गर्न दबाब सिर्जना गरेको गरेको थियो। अन्ततः भारतीय पक्ष पहिलेकै गुणस्तर जाँचको नियम अनुसार चियाको निर्यात खुलाउन सहमत भएको हो।