मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टिकटकले अमेरिकामा मुद्दा लड्ने, यस्तो छ कारण

टिकटकले अमेरिकामा मुद्दा लड्ने, यस्तो छ कारण

अपि टाइम्स

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले अमेरिकी कानूनविरुद्ध लड्ने जनाएको छ । टिकटक छोटा भिडियो साझेदारी हुने लोकप्रिय एप हो ।

नौ महिनाभित्र लगानी फिर्ता लैजानुपर्ने या प्रतिबन्ध झेल्नुपर्नेगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै एक विधेयकमा हस्ताक्षर गरिसकेका छन् । टिकटकको स्वामित्व चिनियाँ कम्पनी बाइट डान्ससँग छ ।

अमेरिकाका टिकटक प्रयोगकर्ताको विवरण बाइट डान्सले चीन सरकारलाई उपलब्ध गराइरहेको चीनको आशंका छ । यही आशंकाबीच अमेरिकाले टिकटक बन्द गराउनेगरी विधेयक ल्याएको हो । तर प्रयोगकर्ताको विवरण चीन सरकारलाई उपलब्ध गराएको भन्ने आरोप टिकटकले अस्वीकार गर्दै आएको छ ।

टिकटकका प्रमुख च्युसोउ जीले अमेरिकी सरकारको पछिल्लो कदमविरुद्ध अदालतमा लडाईं लडिरहने बताएका छन् । तथ्य र संविधान आफूहरूको पक्षमा रहेकाले आफूहरू अमेरिका छाडेर कतै नजाने उनले दाबी गरेका छन् ।

टिकटकमै एक भिडियो राख्दै जीले पछिल्लो विधेयकमाथि कडा आलोचना गरेका छन् । उनले टिकटकका कारण मानिसहरूको जीवन सुध्रिएको पनि बताएका छन् । टिकटकमाथिको प्रतिबन्ध मानिसहरूको आवाजमाथिकै प्रतिबन्ध हुने उनको तर्क छ ।

अर्को एक विज्ञप्तिमा टिकटकले अमेरिका तथ्याङ्क सुरक्षित राख्न अर्बौं डलर लगानी गरेको र यो प्लेटफर्म कुनै पनि प्रकारको दबाबबाट मुक्त रहेको दाबी गरेको छ ।