मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेस्ट इण्डिजविरूद्ध कप्तान पौडेलको विष्फोटक ब्याटिङ, अर्धशतक पुरा

वेस्ट इण्डिजविरूद्ध कप्तान पौडेलको विष्फोटक ब्याटिङ, अर्धशतक पुरा

अपि टाइम्स

काठमाडौं । वेस्ट इण्डिजविरूद्ध जितका लागि २०५ रनको लक्ष्य पछ्याएको नेपालले मध्ययम प्रदर्शन गरिरहेको छ । चाँडै दुवै ओपनर गुमाएको नेपालका लागि कप्तान रोहित कुमार पोडेलले अर्धशतक (५० रन) पुरा गरेका छन् । उनले २८ बलमा अर्धशतक पुरा गरेका हुन् ।

उनले ३६ बलमा ६६ रन प्रहार बनाएर विष्फोटक पारी खेलिरहेका छन् । उनलाई अहिले दीपेन्द्र सिंह ऐरीले साथ दिइरहेका छन् । अहिलेसम्म नेपालले ११ ओभरको समाम्तिमा ३ विकेटको क्षतिमा १०५ रन बनाएर खेलिरहेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा २.१ ओभरमा नेपालले पहिलो विकेटका रूपमा अनिल साहलाई गुमाएको थियो।

उनी म्याथ्यु फोर्डीको बलमा कादिम एलेनबाट क्याच आउट भएका हुन्। ९ बलमात्रै खेलेका उनी ५ रन बनाएर आउट भएका हुन्।

४ .५ ओभरमा अर्का ओपनर कुशल भूर्तेल आउट भए। उनी १२ बलमा ३ चौका प्रहार गरी १६ रन बनाएका थिए। कुशल मल्ल भने रन आउट भए ।