मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पृथ्वीका नदीहरूबाट कति पानी बग्छ ? नासाले अनुमान गर्ने

पृथ्वीका नदीहरूबाट कति पानी बग्छ ? नासाले अनुमान गर्ने

अपि टाइम्स

एजेन्सी । अमेरिकी अन्तरिक्ष निकाय नासाले गरेको अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ अनुमान उपलब्ध गराएको छ । पृथ्वीको जलचक्र बुझ्न र ताजा पानीको आपूर्ति व्यवस्थापन गर्न उपलब्ध पानीको विवरण महत्त्वपूर्ण रहेको नासाका अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

नासाको ुस्ट्रिम–गेजु मा विश्वभरका झन्डै ३० लाख वटा नदीलाई कम्प्युटर मोडेलहरूसँग जोडिएको छ । ुस्ट्रिम गेजु पानीको सतहको उचाइ मापन गर्न प्रयोग गरिने उपकरण हो ।

ुनेचर जियोसाइन्सु मा हालै प्रकाशित अध्ययनले सन् १९८० देखि सन् २००९ सम्म पृथ्वीका नदीहरूमा पानीको कुल मात्रा औसतमा दुई हजार दुई ४६ घन किलोमिटर रहेको अनुमान गरेको छ ।

पृथ्वीको जलचक्रमा मानव प्रभावको मापनमा सुधार गर्न सकियोस् भनेर अध्ययनका अनुमानहरूको तुलना अन्तर्राष्ट्रिय सतही जल र महासागर टोपोग्राफी उपग्रहको तथ्याङ्कहरूबाट गर्न सकिने नासाले बताएको छ ।