मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कप्तानको शतकीय पारीमा वेष्ट इण्डिविरुद्ध नेपालको जित

कप्तानको शतकीय पारीमा वेष्ट इण्डिविरुद्ध नेपालको जित

अपि टाइम्स

काठमाडौँ । वेष्ट इण्डिविरुद्ध नेपालले ऐतिहासिक जित हासिल गरेको छ । घरेलु मैदानमा हजारौँ दर्शककोबीचमा कप्तान रोहित कुमार पौडेलको शतकसंगै नेपालले वष्टइण्डिजविरुद्ध जित हासिल गरेको हो । नेपालले २ बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पुरा गर्दा वेष्ट इण्डिज ४ विकेटले पराजित भयो ।

२०२ रनको विशाल लक्ष्य पछ्याएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । अन्तिम ६ बलमा ९ रन चाहिएको कठिन स्थितिमा गुल्सन झा र प्रतिश जिसीले पारी सम्हाल्दै जित दिलाए । सुरुवाती दुई बलमा ओशान थोमसले प्रतिश र गुलशनलाई एक एक रन दिएका थिए । तेस्रो बलमा गुलशनले लङअफमा चौका हानेपछि ३ बलमा ३ रन चाहिँएको थियो । अर्को बलमा चौका हान्दै खेल जिताए । गुलशन ९ र प्रतिश ५ रनमा नट आउट रहे ।

रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए ।

२७ बलमा अर्धशतक पूरा गरेका रोहितले शतक ४७ बलमा हानेका थिए । उनको यो टी२० करिअरको पहिलो शतक थियो ।

ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए । ओबेद म्याककोयले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फर्ड २ र किमो पलले १ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

वेस्टइन्डिज ए का कप्तान रोश्टन चेसले ४६ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रनको इनिङ खेले । ओपनर एलिक एथानाजे २५ बलमा ५ चौका र ३ छक्कासहित ४७, जोनसन चाल्र्स शून्य, आन्द्रे फ्लेचर १३ रनमा आउट भए ।

केसी कार्टी २६ बला २ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । कदिम एलियन १५ बला २ चौकासहित १४ रनमा नट आउट रहे ।
नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १–१ विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।