मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोफसलबाहिर पहिलोपटक कपिलवस्तुबाट सुरु भयो ‘सम्पादक संवाद’

मोफसलबाहिर पहिलोपटक कपिलवस्तुबाट सुरु भयो ‘सम्पादक संवाद’

अपि टाइम्स

काठमाडौँ । काठमाडौँ उपत्यका बाहिर पहिलोपटक कपिलवस्तुबाट ‘सम्पादक संवाद’ कार्यक्रम सुरु भएको छ । शनिबार जिल्लाको बुद्धभुमि नगरपालिकामा नेपाल प्रेस काउन्सिलले एक संगोष्ठि कार्यक्रममार्फत् ‘सम्पादक संवाद’ कार्यक्रम थालनी गरेको हो । कार्यक्रममा कपिलवस्तुमा अनलाइन, युटुभ र पत्रपत्रिकामा काम गर्ने दर्जन बढी सम्पादकहरु जुटेका थिए । सोहि शिलसिलामा पत्रकारहरुलाई आचारसंहिताको पालना, काम कर्तव्य र अधिकार बारे प्रशिक्षण दिइएको थियो भने संवाद पनि गरिएको थियो ।

प्रेस काउन्सिलका अध्यक्ष बाल कृष्ण बस्नेत र सदस्य ठाकुर बेलबासेले पत्रकार आचारसंहिता, पत्रकारिताको दायित्व, काम, कर्तव्य र अधिकार बारे प्रकाश पारेका थिए ।
सदस्य बेलबासेले पत्रकार भनेको को हो ? कस्तो हुनुपर्दछ र उनीहरुको सामाजिक परिचयका विषयमा कुरा राख्दै पत्रकार आचारसंहिताका विषयका बिभिन्न उदाहरण दिएका थिए । यस्तै अध्यक्ष बस्नेतले प्रेस काउन्सिलमा प्राप्त हुने उजुरी, कारबाही प्रकृया लगायतका बारेमा कुराहरु राखेका थिए ।

पत्रकारहरुले चलाउने सामाजिक संजाल, लेख, रचना, समाचार सबै विश्वसनीय हुनुपर्ने भन्दै यसतर्फ ध्यान दिन आग्रह गरे । खबरदारी पत्रकारिता जरुरी रहे पनि तथ्यमा जानु पर्ने भन्दै गुणगान पत्रकारिताले पनि समस्या सिर्जना भएको उनको भनाई छ । बस्नेतले समपादकसंग संवाद कार्यक्रम मोफसबाहिर पहिलो भएको बताउँदै यसले पत्रकारितालाई थप ब्यवस्थित बनाउन मद्धत गर्ने बताए । सम्पादक संवाद कार्यक्रम देशभर संचालन गरिने बस्नेतले बताए ।

सोही कार्यक्रममै बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठ, बाणगंगाका नगरप्रमुख चक्रपाणी अर्याल, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, जिल्ला प्रकाशन कार्यालय कपिलवस्तुका सहायक सिडिओ ‘निमित्त प्रमुख भविश्वर घिमिरे’, जिल्ला प्रहरी प्रमुख नवरत्न पौडेल लगायतले आआफ्नो धारणा राखेका थिए । पत्रकार महासंघ कपिलवस्तुले समन्वय गरेको कार्यक्रममा उनीहरुले कार्यक्रम निकै राम्रो भएको, पत्रकारसंग पहिलोपटक खुलेर आफ्ना कुरा राख्न पाएको भन्दै खुसी ब्यक्त गरेका थिए ।

महासंघका पूर्व अध्यक्ष मनोज पौडेल, रेडियो मायादेवीका कार्यकारी निर्देशक तथा अपिटाइम्सका सम्पादक चन्द्रकान्त न्यौपाने, संचारिका समुहकी पार्वती पाण्डे, रेडियो परिवर्तनका स्टेसन म्यानेजर भुपाल थापा, रेडियो मायादेवीका स्टेसन म्यानेजर हरि घिमिरे, सहायक म्यानेजर हरि आचार्य लगायतले जिल्लाको अवस्था र समस्याको बारेमा अवगत गराएका थिए ।

महासंघका अध्यक्ष किरणमान बज्राचार्यको अध्यक्षता, सचिव जानु पाण्डेको संचालन र उपाध्यक्ष हरि अधिकारीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम निकै फलदायी भएको पत्रकार र जनप्रतिनिधिले बताए । काठमाडौँपछि पहिलोपटक सम्पादकसंग संवाद कार्यक्रम आयोजना गरिदिएकोमा जिल्लाका पत्रकारहरले प्रेस काउन्सिललाई धन्यबाद दिए ।