मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम २ को मतगणना आज विहानदेखि

इलाम २ को मतगणना आज विहानदेखि

अपि टाइम्स

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको मतगणना आइतबार मात्रै हुने भएको छ ।

माङ्सेबुङ, फाकफोक र चुलाचुली गाउँपालिकाको मतपेटिका आउन ढिला हुने भएपछि आइतबार मात्रै मतगणना हुने भएको हो।चुलाचुली गाउँपालिका–६ साक्फारास्थित तोरीबारी क्षेत्रको मतपेटिका मोरङको मधुमल्ला हुँदै ल्याउनुपरेकाले समय लाग्ने भएको हो।

त्यस्तै फाकफोक गाउँपालिकास्थित फाक्तिब क्षेत्रको मतपेटिका पाँचथरको रवि बजार हुँदै इलाम सदरमुकाम ल्याउनुपर्छ। त्यहीकारण मतगणना भोलि मात्रै हुने भएको हो।

मतगणनाका लागि आइतबार बिहान ७ बजे सर्वदलीय बैठक डाकिएको छ। त्यसपछि इलाम नगरपालिकास्थित सिटी हलको ९गौतम बुद्ध सभागृह० मा मत गनिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनाका लागि शनिबारै सभागृहको हलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ।

इलाम–२ मा शनिबार भएको मतदानमा जम्माजम्मी ५८ प्रतिशत मत खसेको थियो । निर्वाचन आयोगका अनुसार इलाम २ मा एक लाख १६ हजार ८८९ मतदाता छन् ।

यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवारले चुनावी प्रतिष्पर्धामा छन् । एमाले सांसद सुवासकुमार नेम्वाङको निधनपछि रिक्त रहेको निर्वाचन क्षेत्रका लागि शनिबार मतदान भएको हो।