मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगानी सम्मेलनः कपिलवस्तु र अर्घाखाँचीका यी परियोजनामा हुँदैछ खरबौँ लगानी

लगानी सम्मेलनः कपिलवस्तु र अर्घाखाँचीका यी परियोजनामा हुँदैछ खरबौँ लगानी

अपि टाइम्स

कपिलवस्तु । सरकारले आजदेखि तेस्रोपटक अन्र्तराष्ट्रिय लगानी सम्मेलन गर्दैछ । लगानी सम्मेलनको सोकेसमा देशभरका १६ सय परियोजना समेटिँदै छन् । तीमध्ये ४ वटा ठूला परियोजनामा विकास सम्झौता पनि हुँदैछ । ती ठुला योजनामा अर्घाखाँची र कपिलवस्तुका २ ठुला परियोजना पनि समेटिएका छन् । जसमा शितगंगा नगरपालिकाको पर्यटन र पर्यावरणको क्षेत्र परेको छ भने कपिलवस्तुको बाणगंगामा ४० मेगावाटको ब्याट्रि स्टोरेज परियोजना पनि परेका छन् । अर्घाखाचीमा चिनियाँ र बाण्गंगामा सिंगापुरको लगानी रहने बताइएको छ ।

लगानी गर्न आकर्षित गर्ने उद्देश्यले शितगंगा २ मा रहेको यस क्षेत्रकै उच्च स्थल साउनेथुमलाई सिफारिस गरेको थियो ।देशभरबाट भएका हजारौं योजनामध्ये साउनेथुम परेको हो । साउनेथुम लगानी परियोजनाको सोकेसमा पर्नुले यहाँको पर्यटकीय सम्भावनालाई उजागर गर्दछ ।

सुपादेउराली मन्दिरमा आउने लाखौ भक्तजनहरू र प्रकृतिसँग रमाउने गरी र साहसिक पर्यटकहरूलाई साउनेथुममा पुराएर आम्दानी गर्न सकिने गरी योजना बनाइएको छ ।  लगानीकर्तासामु ९ खर्ब रुपैयाँ बराबरका १५३ परियोजना प्रस्तुत गर्ने तयारी गरेको छ । 

शितगंगा नगरपालिकाले अहिले वाइटवाल नाम दिएर त्यहाँ काम सुरु गरेको छ । ढुंगा बिछाएर सिँढीहरू निर्माण गरेपछि टाकुरीबाट हिमालदेखि तराइका फाँटसम्म मनोरम प्राकृतिक दृश्यहरु देखिने छन् । यो स्थान करिव २३ सय मिटर उचाइमा छ । त्यहाँ पुग्ने सिढि बनाएर पर्यटकहरूलाई पदयात्रा र अन्य जिपलाइन देखि केबुलकारसम्मका सम्भावना यस स्थलमा छन् । लगानी सम्मेलनमा सुपादेउरालीसँग साउनेथुमसम्म जोडेर लगानी गरेर आम्दानी गर्न सकिने योजना छ ।

  यस्तै कपिलवस्तुको बाणगङ्गामा पनि १२५ मेगावाटको सोलार प्लान्ट परियोजनामा पनि लगानी भित्रने भएको छ । यस परियोजनामा सिंगापुरको लगानी आउने छ । ४० मेगावाटको ब्याट्री स्टोरेज प्लान्टसहित यो परियोजनामा सिंगारपुरको राइजेन इनर्जीले २१ अर्ब ६० करोड लगानी गर्न लागेको हो । यस्तै अर्घाखाँचीकै नौमुरे बहुउद्देश्यीय आयोजना लगानीका लागि सम्भाव्य देखिएका १४ परियोजनामा समावेश छ । त्यसमा दुई सय १८ मेगावाटको क्षमता रहेको छ ।