मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएलः आज गुजरात र बैंगलूरु तथा चेन्नई र हैदराबाद भीँड्दै

आईपीएलः आज गुजरात र बैंगलूरु तथा चेन्नई र हैदराबाद भीँड्दै

अपि टाइम्स

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि २ खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने खेलमा गुजरात टाईटन्स र रोयल च्यालेन्जर्स बैंगलूरु (आरसीबी) ले पहिलो खेलमा भीाड्ने छन् भने बेलुका पौने ८ बजे चेन्नई सुपर किङ्स र सनराईजर्स हैदराबाद भीँड्दैछन् ।

अंकतालिकामा बैङलुरु ४ अंकसहित पुछारमा रहँदा गुजरात ८ अंकसहित सातौँ स्थानमा छ । यस्तै ८ अंसहित चेन्नई छैठौँ स्थानमा छ भने हैदराबाद १० अंकसहित तेश्रो स्थानमा छ । प्लेअफमा पुग्न बैङ्लुरुलाई अबका बाँकी सबै खेल जित्नै पर्ने दबाब छ ।

यसअघि हिजोको खेलमा दिल्ली र राजस्थान रोयल्स विजयी भएका छन् । शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्सलाई हराउँदै अङ्क दुरी बढाएको छ ।

लखनउले दिएको एक सय ९७ रनको लक्ष्य राजस्थानले १९ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानका कप्तान सञ्जु स्यामसन ७१ रन बनाउँदै अविजित रहे ।

त्यसअघि लखनऊमा टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । लखनऊका कप्तान केएल राहुलले ७६ रन बनाए ।

जितपछि राजस्थान नौ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा यथावत् छ । त्यसअघि हिजो भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १० रनले हराएको छ । रोमाञ्चक खेलमा दिल्लीले दिएको दुई सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर दुई सय ४७ रन मात्रै बनाउन सक्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ५७ रन बनाएको थियो । जितसँगै १० खेलबाट १० अङ्क जोडेको दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । नौ खेलमा मुम्बई छ अङ्कसहित नवौँ स्थानमा छ ।