मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेष्टइण्डिजसंग आज दोश्रो खेल, उत्साहित नेपाल

वेष्टइण्डिजसंग आज दोश्रो खेल, उत्साहित नेपाल

अपि टाइम्स

काठमाडौँ । नेपाल भ्रमणमा रहेको वेष्टइण्डिज क्रिकेट टिमले आज नेपालसंग दोश्रो खेल खेल्दै छ । त्रिवी क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालसंग हार खाएको वेष्टइण्डिज आज जित हासिल गर्ने दाउमा रहने छ भने नेपाल लगातार दोश्रो जितको खोजिमा रहने छ ।


पहिलो खेलमा वेष्टइण्डिजलाई ४ विकेटले हराएको नेपाल थप उत्साहित छ । वेष्टइण्डिजको विशाल लक्ष्य पुरा गरेर विश्वभर चर्चा कमाएको नेपाली टोलीमाथि आज पनि कप्तान रोहित पौडेलमाथि ठुलो चरोसा छ । उनले पहिलो खेलमा वेष्टइण्डिजविरुद्ध शतक प्रहार गरिसकेका छन् ।

नेपाली टोलीमा आज केहि खेलाडी परिवर्तन हुन सक्ने बताइएको छ । ओपनरमा आसिफ सेख मैदान छिर्न सक्छन् भने करण, केसी, सोमपाल कामी पनि फर्कन सक्ने अनुमान गर्न सकिन्छ । यद्यपी प्लेइङ ११ अझै सार्वजनिक भएको छैन ।