मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुशीको खबर, बाणगंगाबाट हराएकी रिमा भेटिइन्

खुशीको खबर, बाणगंगाबाट हराएकी रिमा भेटिइन्

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ बण्डौलीबाट हराएकी महिला भेटिएकी छन् । वैशाख १६ गते आइतबारदेखि हराएकी २४ वर्षकी रिमा थापा ‘मगर’ चौतर्फी खोजतलासपछि सोमबार साँझ भेटिएकी हुन् । रिमा नजिककै गाँउमा भेटिएको पारिवारिक स्रोतले बताएको छ ।

उनको खोजमा अपि टाइम्स डट कम, स्थानीय, आफन्त र प्रहरी डटेर लागेका थिए । आफू जाने ठाउँबारे जानकारी नदिई निस्केको हुनाले गलत निर्णय पो गरिन् कि भन्ने पिरमा परिवार थियो । भेटिएपछि परिवारजनमा खुसी छाएको छ ।

रिमाकी आमाजु उषा कुमाल बिकले खोजमा सहयोग गरिदिने सबैलाई धन्यबाद दिइन् । रिमा दुई जिउकी भएकी हुनाले पनि परिवार तनाव थियो । उनको गत असोजमा विहे भएको उषाले बताएकी थिइन् । बेलबेलामा घरमा श्रीमानसंग उनको झगडा हुने गरेको बताइएको छ ।